Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

शहिद लखन र बारपाक सुलिकोट गाउँपालिकामा चुनाब लगत्तै लालपुर्जा : अध्यक्ष नहर्की

loading views..

गोरखा। राष्ट्रिय भूमि आयोगकी अध्यक्ष कमला नहर्कीले अन्य नौ वटा पालिका भन्दा दुई पालिका सहिद लखन गाउँपालिका र बारपाकसुलिकोट गाउँपालिकाका भुमिहिन दलित , सुकुम्बासी तथा अब्यब्स्थित बसोबासीहरुलाई चुनाब लगत्तै लालपुर्जा बितरण गर्ने बताएकी छिन् । जिल्ला समन्वय समितिको गोरखाको सभाहलमा सोमबार पत्रकार सम्मेलन गर्दै जिल्ला अध्यक्ष नहर्कीले जिल्लाको दुई पालिकाको कम्पुयटर डाटा ईन्ट्री काम शुरु भइसकेकोले पहिला लालपुर्जा पाउने भएका हुन् । अन्य नौ पालिकामा भने यहि भदौ १ गते देखि लागत संकलन काम शुरु गरिएको पत्रकार सम्मेलन मार्फत जानकारी दिइन । भुमि आयोगले बाँकि रहेका नौ पालिकासँग सहमति पत्रमा हस्ताक्षर गरि अघि बढिसकेकाले आयोगले छिटो भन्दा छिटो लालपुर्जा बितरण गर्ने काममा आयोग कटिबद्व भएर लागि परिरहेको बताइन । ५ पालिकामा सहजीकरण समिति निर्माण तथा अभिमुखी कार्यक्रम सञ्चालन सम्पन्न भईसकेको छ । ती स्थानिय तहले सेबा केन्द्रको स्थापना गरेर फोकल पर्सन समेत तोकेर अघि बढेको आयोगकी अध्यक्षले जनाइन। काम भएको पालिकामा अधुरो रहेमा आयोगले पुन अर्को पटक ३५ दिने सुचना प्रकाशन गरि बाँकि रहेका कामको लगत संकलन गरेर तुरुन्तै काम सुचारु गर्ने बताइन । अध्यक्ष नहर्कीले यश अघिको आयोगले गरेका कामलाई निरन्तरता दिइने र छिटो भन्दा छिटो जिल्लामा रहेका भुमिहिन दलित , सुकुम्बासी तथा अब्यबस्थित बसोबासीलाई छिटो हातमा लालपुर्जा पाउने गरि आयोगयले काम गरिरहेको बताइन । सो कार्यक्रममा भुमि आयोगका बिज्ञ लुमनाथ लामिछाने , आयोगका सदस्य बिपिनचन्द्र ढकाल , मिना पनेरु र जिल्ला समन्वय समितिका प्रमुख मोहोन बहादुर थापा लगाएतको सहभागिता रहेको थियो ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्