Skip to content
Pokharapress Logo
३० आश्विन २०८२, बिहीबार

वाइसीयल गोरखाले २ केन्द्रीय सचिव सहित ९ जना केन्द्रीय सदस्य पायो

loading views..

पोखरा।नेकपा माओवादी केन्द्रको भातृ संगठन, योङ कम्युनिष्ट लिग (वाइसियल) केन्द्रीय समितिमा गोरखाका दुई सचिव सहित ९ जना केन्द्रीय समितिमा चयन भएका छन् ।

लामो बिबाद र छलफल पश्चात काठमाडौंमा सम्पन्न भएको वाइसीयलको दोस्रो भेलाबाट दुई सचिव र केन्द्रीय सदस्यहरुमा गोरखाका ७ जना परेका हुन् । वाइसीयल केन्द्रीय सचिवमा सुदिप नगरकोटी र प्रेम श्रेष्ठ  चयन भएका हुन्।

त्यस्तै उक्त भेलामा धिरज उपरकोटी, गुणराज खनाल, लक्ष्मी रम्तेल, सागर श्रेष्ठ, सुनिल थापा मगर, सनिल परियार र रिना थापा मगर चयन भएका छन्।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्