Skip to content
Pokharapress Logo
२९ बैशाख २०८३, मंगलवार

तीजलाई लक्षित गर्दै सिटिजन्स बैंकद्धारा लकर सेवा शूल्कमा विशेष छुट

loading views..
Nepal Telcome

पोखरा। सिटिजन्स बैंक इन्टरनेसनल (CZBIL) ले महिलाहरुलाई लक्षित गर्दै हरितालिका तीज २०७९ र भाद्र महिनामा पर्ने विभिन्न पर्वहरुको अवसरमा लकर सेवा शूल्कमा आकर्षक छुटको योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्र्तगत बैंकले भाद्र महिना भरि लकर शूल्कमा ७०% र लकर कि डिपोजिटमा ५०% सम्म छुटको व्यवस्था गरेको छ । यस्ता छुटहरुको सुविधा आदरणीय ग्राहकले सिटिजन्स बैंकको लकर सेवा उपलब्ध हुने जुन कुनै शाखाहरुबाट पनि प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यस सुविधा बापत ग्राहकहरुले आफ्ना अमूल्य गर गहना, रत्न, वित्तीय वा कानुनी कागजात, महत्वपूर्ण प्रमाण पत्रहरु सजस्तै राहदानी, र अन्य मूल्यवान वस्तुहरू सहज र सुपत शूल्कमा सुरक्षित तवरले बैंकको लकरमा राख्न सक्नेछन ।

यसका साथै ग्राहाकको सहजताका लागी बैंकले निस्शुल्क डेबिट कार्ड, मोबाईल बैंकिङ्ग र ईन्टरनेट बैंकिङ्ग जस्ता सेवाहरु धेरै पहिले देखिनै प्रदान गर्दे आईरहेको छ ।

बैंकले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, १३२ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ४६ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link