Skip to content
Pokharapress Logo
२७ श्रावण २०८२, मंगलवार

बुद्धनगरस्थित अल्फाबिटा कम्प्लेक्सको बेसमेन्ट भत्काउन सुरू

पोखरा।सत्ता र शक्तिको आडमा  नियम कानुनको धज्जी उडाएर काठमाडौका बिभिन्न स्थानमा बनाइएको अबैध संरचना हटाउन ३५ दिने सार्बजनिक सुचना समेत जारी गरेर बनाइएको संरचनामा चिठी टासेर पार्किङको लागि बनाइएका संरचनामा व्यबसाय नगर्न गरिएका अनेकन अनुरोधलाई ब्यवस्था गरेरे अटेरी गरेका  छ।

माहानगरले  बुद्धनगरस्थित अल्फाबिटा कम्प्लेक्सको बेसमेन्ट भत्काउन सुरू गरेको छ । मापदण्डविपरीत बेसमेन्टको दुरुपयोग गरिएको भन्दै महानगरले डोजर लगाएर भत्काउन लागेको हो ।

आज काठमाडौंका मेयर बालेन्द्र साह अल्फाबिटा कम्प्लेक्समा पुगेर अनुगमन गरेका थिए । त्यसक्रममा उनको कम्प्लेक्सका मालिक द्विराज शिवाकोटीसँग विवाद भएको थियो । अल्फाबिटाले पार्किङका लागि प्रयोग गर्नुपर्ने बेसमेन्ट अवैध तरिकाले व्यवसायिक प्रयोजनमा भाडामा लगाएको बालेनको आरोप छ ।

नक्शाको अध्ययनपछि अल्फाबिटाले बेसमेन्टको अनधिकृत प्रयोग गरेको निष्कर्ष महानगरले निकालेको छ । महानगरले आजै बेसमेन्ट भत्काउन लागेको हो । बालेनको निर्देशनमा नगरप्रहरीहरू डोजर लिएर अल्फाबिटा पुगिसकेका छन् ।अनुगमनको क्रमममा बालेन्द्र शाहमाथि सो कम्पलेक्सका मालिक द्विराज सिवारोटीअभद्र व्यबहार गरेका कारण केही बेर स्थिति तनाबपूर्ण बनेको थियो।त्यसै क्रममा सिवाकोटीले मेयरलाई डनको सैलीमा मन लाग्दी गर्न पाइन्छ भनि प्रश्न समेत गरेर आफ्नो कमजोरीलाई ढाकछोपमा नै तल्लिन देखिन्थे।

arrow प्रतिक्रिया दिनुहोस्