गोरखा। बेलायतको रश्मोर टोलीलाई गोरखा नगरपालिकाले मेयर र प्रमुख कार्यकारीको टोलीले भब्य स्वागत गरेको छ । गोरखा नगरपालिकाको औपचारिक भ्रमणमा रश्मोरको प्रतिनिधि मण्डल गोरखा आइपुगेको हो। रश्मोर बरोको प्रतिनिधि मण्डलको नेतृत्वगर्दै डेपुटी काउन्सिल लिडर मरिस सिहानले गरेका हुन् । सो प्रतिनिधि मण्डलमा रश्मोर बरो काउन्सिलका काउन्सिलर जीव बेल्बासे , डेमोक्रेसी एण्ड पाटनरसिपका प्रमुख एन्ड्र क्लोभरका , श्रीमती अमृता बेल्बासे तथा ईजी सिंह पनि छन् । उनीहरु पाँच दिने भ्रमणलागि नेपाल आएका हुन् । उनीहरुको गोरखाका विभिन्न क्षेत्रका ब्यक्तिसँग भेटघाट एंब छलफल कार्य हुने कार्यतालिका रहेको छ।दुई नगरपालिका बीच स्वास्थ्य, शिक्षा ,पुर्वाधार बिकास ,प्रशासन लगाएत बिबिध पक्षको अबोलकन तथा अनुभव आदान प्रदान हुनेभएको छ । गोरखाका ऐतिहासिक गोरखा दरबार , गोरखा संग्रहालय, भिमसेन पार्क लगाएत पर्यटकिय स्थल घुम्ने कार्यक्रम रहेकोछ । दुई नगर बीच २०१९ मा मितेरी सम्बन्ध सुधार भएको हो।
