Skip to content
Pokharapress Logo
२७ श्रावण २०८२, मंगलवार

भूमिहिनलाई भूमिपति बनाएर मात्र विश्राम लिन्छु : मेयर रेनु दाहाल

भरतपुर। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरका भूमिहिनलाई भूमिपति बनाएर मात्र विश्राम लिने बताउनुभएको  

भतपुर महानगरपालिका वडा नम्बर २३ ले आयोजना गरेको नापी कार्यको शुभारम्भ तथा नयाँ निस्सा वितरण कार्यक्रमलाई सम्बोधनगर्दै मेयर दाहालले रफ्तारमा काम सम्पन्न गरी विश्राम लिने प्रतिवद्धता व्यक्त गरिन  

२९ वटा वडाको लालपुर्जा  वितरण गर्ने कार्य अब कुनै पनि कारण बाहाना गरेर नरोकिने उनले प्रष्ट पारिन्।

वर्षौदेखि रोकिएको गाँउ ब्लकको कार्यक्रम अन्तरगत भरतपुर २९ मा लालपुर्जा वितरण गर्नुका साथै वडा नम्बर मा भूमिहिन दलित भूमिहिन सुकुम्बासीलाई जग्गा दिएर उदाहारण प्रस्तुत गरेको मेयर दाहालको भनाई थियो

निस्सा पाएपनि जग्गा पाईदैन भन्दै विरोधीले हल्ला चलाएका छन्उहाँले भन्नुभयो,‘अब तपाईहरु ढुक्क हुनुस् हामी जिम्मेवारनिकाय तपाईसँगै छौ हल्लाका पछाडि नलाग्नुस् हामी बोलेरभन्दा काम गरेर देखाउँछौं। विगतको कामबाट पनि प्रमाणितभइसेको

भरतपुर महानगरपालिकाले विकासको मोडेल रुपमा पहिचान दिए जस्तै लालपुर्जा दिने पहिलो पालिकाको रुपमा आफ्नो पहिचान बनाएको मेयर दाहालले बताइन

मेयर रेनु दाहाल तस्बीरः पोखरा प्रेस

अब केही महिनाभित्रै लालपुर्जा दिएर छाड्छौ, धेरै समय लालपुर्जा दिन्छौ भनेर आश्वासन दिएका भाषण सुन्नु भइसकेको , अबकुराभन्दा काम गरेर देखाउँछौं। मेयर दाहालले भनिन्

यसैगरी भरतपुर महानगर उपप्रमुख चित्रसेन अधिकारीले बर्षौं देखि जग्गा उपभोग गर्दै आए पनि लालपूर्जाबिहीन २३ नम्बरकास्थानीयबासीहरु जग्गाको मालिक बन्ने प्रक्रिया बल्ल सुरु भएको बताए निर्वाचनमा गरेको बाचा अनुरुप अहिले लालपुर्जावितरणको प्रक्रियामा गइसकेको उपप्रमुख अधिकारीको भनाई

यस्तै राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमल्सिनाले निर्वाचन आचारसंहिताले लालपुर्जा वितरण कार्यक्रमलाई कुनै असरनपार्ने बताए भूउपयोग ऐनले व्यवस्था गरेअनुसार लालपुर्जा बन्ने काम निरन्तर अगाडि बढ्ने अध्यक्ष तिमल्लिसनाको भनाई

भरतपुर वडा नम्बर २३ मा शुक्रबार १८४ जनालाई निस्सा प्रदान गरिएको एक कार्यक्रमका बीच महानगर प्रमुख रेनु दाहाललेभूमिहिन सुकुम्बसी, भुमिहिन दलित अव्यवस्थित बसोबासीलाई निस्सा प्रदान गरेर नापजाँपको शुभारम्भ गरेकि छन्।

भरतपुर वडा नम्बर २३ २४ मा वि..२०३५ सालमा हेटौडाँको हटियाबाट बसाईसराई गरी यहाँ आएका भुमिहिन सुकुम्बासीकोबसोबास रहेको भरतपुर २३ मा मात्रै सय जना सुकुम्बासी छन् भरतपुर महानगरका २९ वटा वडामा १० हजार ७९ जनासुकुम्बसीको बसोबास रहेको तथ्यांङक रहेको

arrow प्रतिक्रिया दिनुहोस्