Skip to content
Pokharapress Logo
३१ आश्विन २०८२, शुक्रबार

गोरखा नगरपालिका,भिमसेन  र वारपाक गाउँपालिकाका किसानले  सहुलियतमा ब्यबसायिक ऋण पाउने

loading views..

गोरखा गोरखा नगरपालिकाका मेयर कृष्ण राना ,भिमसेन तथा वारपाक गाउँपालिकाका अध्यक्ष राष्ट्रिय बाणिज्य बैककोले एक सार्वजनिक कार्यक्रमका बीचमा सहुलियत कर्जाको लागि ब्याज अनुदान सम्बन्धी एकिकृत कार्याबिधिको समझदारी पत्रमा हस्ताक्षर गरेका छन् गोरखा नगरपालिकाका मेयर कृष्ण राना ,भिमसेन गाउँपालिका अध्यक्ष लोकप्रसाद बञ्जरा तथा वारपाक सुलिकोटका अध्यक्ष विष्णु भट्ट र राष्ट्रिय बाणिज्य बैक वीच भएको सहमतिले गोरखा नगरपालिकाका ,भिमसेन गाउँपालिका,वारपाक सुलिकोट गाउँपालिका भित्रकाव्यबसायिक किसानहरुले ऋण सहुलियत ब्याजदरमा दिइने  लाख देखि करोड सम्मको कर्जा पाउने भएका छन् यस समझदारी पत्रले नगरपालिका दुई गाउँपालिका भित्रका किसानलाई ब्यावसायिक बन्न प्रेरणा मिल्ने बिश्वास लिएको छ। एक नगरपालिका ,दुई गाउँपालिका राष्ट्रिय बाणिज्य बैकको सहमतिको मुख्य उद्येश्य नेपाल सरकार अर्थ मन्त्रालयबाट जारी भएको सहुलियत पुर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकिकृत कार्याबिधि , २०७५ संसोधन अन्तर्गत ब्यबसायिक कृषि तथापशुपंक्षी कर्जा कार्यान्वयनमा सहुलियत कर्जा प्राप्त गर्नका लागि क्षमता बिकास गरी सक्षम बनाउने ।गरिबी निबारणमा महत्वपूर्ण योगदान पुग्ने। उत्पादनसँग जोडने रोजगारी सृजना गर्ने आत्मनिर्भर अर्थतन्त्रमा टेबा पुऱ्याउने बैदेशिक रोजगारीबाट सीप अनुभव   पूँजि समेत संकलन गरी स्वादेश फर्केका युवालाई पुनः बिदेशिनु पर्ने बाध्यताबाट रोकी उद्यमशिलतासँग जोडेर बिदेशबाट आर्जितसीप अनुभब पूँजीको स्बादेशमा सदुपयोग गर्दै स्वारोजगार बन्न यस सम्झौताको  मुख्य उद्येश्य रहेको   यो समझदारीले कृषि ब्यावशाय गरेका कृषकलाई ठुलो राहत पुग्ने बिश्वास लिएको छ।

सम्झौता अनुसार पालिकाले सिफारिस गरेका कृषि सहकार्य समुह, कृषि उद्यमी, फर्म, कम्पनी तथा सहकारी संस्थाहरुलाई बैंकलेसहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ बैकले नेपाल सरकारको सहुलियतपूर्ण कर्जाको लागी व्याज अनुदान सम्बन्धी एकिकृतकार्यबिधि अनुसार महिला कृषि उद्यमीहरुलाई . प्रतिसत पुरुष कृषि उद्यमीहरुलाई प्रतिसत व्याजमा सहुलियतपूर्ण ऋणउपलब्ध गराउने सहमती भएको गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्