Skip to content
Pokharapress Logo
२९ बैशाख २०८३, मंगलवार

गठबन्धनमा सिट बाँडफाँडःनेका ८६,माके ४७,एस१८,जसपा१३ सिटमा सहमति

loading views..
Nepal Telcome

काठमाडौ। सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु प्रतिनिधि सभाको भागबण्डामा करिब टुङ्गो नजिक पुगेका छन् स्रोतका अनुसार पाँच दलले प्रत्यक्षतर्फका सय ६५ सिट बाँडफाँट गरेका हुन्। शीर्ष नेतातहरु सहित बिहीबार बिहान ११ बजेदेखि अबेरसम्म कार्यदलको बैठक बालुवाटारमा बसेको बैठकमा नेपाली कांग्रेस ८६,माओवादी केन्द्र ४७, नेकपा एकीकृत समाजवादी१८, जसपा १३ राष्ट्रिय जनमोर्चा सिट लिने लगभग समझदारी जुटेको बताइएको छ। यद्यपि यसको पूर्ण खाका भने सार्वजनिकभइसकेको छैन।  कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल जसपा अध्यक्ष उपेन्द्र यादवले सहमति जुटाएको सिट संख्यालाई कार्यदल बैठकले अन्तिम रुप दिने स्रोतको भनाइ सय सिट दाबी गरेको कांग्रेसले सहमतिका लागि हदैसम्मको लचकता अपनाएको कांग्रेसका एक नेताले बताए उनका अनुसार  कांग्रेसले ८५ देखि ८६,  माओवादी केन्द्र ४५ देखि ४७, एकीकृत समाजवादी १५ देखि १८ जसपा १२ देखि १३ सिट लिनेसहमती भएको छ।त्यसै गरेर  राष्ट्रिय जनमोर्चालाई सिट दिनेगरी समझदारी बनेको छ। यो संख्यामा केही फेरबदल हुनसक्ने सम्भावना पनि छ। शीर्ष नेताहरुले संख्या टुंगो लगाउन कार्यदललाई जिम्मा दिएका छन्। सिट संख्या टुंगो लगाएपछि फेरि कार्यदलले निर्वाचन क्षेत्रका विषयमा छलफल गर्ने निर्वाचन क्षेत्र पनि यसैगरी सहमतिको आधारमा बाँडफाँट गर्ने बताइएको

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link