गोरखा। गोरखाको भिमसेन गाउँपालिकाले आँखाका बिरामीहरुलाई भदौ १९ गते देखि ३१ गते सम्म निशुल्क आँखा शिबिर सञ्चालन गर्नेभएको छ । नेपाल नेत्र ज्योति संघ , हिरालाल सन्तुदेबी , प्रधान नेत्र बिज्ञान अध्यान संस्था , भरतपुर आँखा अस्पताल र जनचेतनायुबा क्लबको प्राबिधिक सहयोगमा शिबिर सञ्चालन हुन लागेको हो। गाउँपालिकाका अध्यक्ष लोक प्रसाद बन्जराका अनुसारभिमसेन गाउँपालिका वडा ५ स्थित बगुवा स्वास्थ्य चौकी र खाञ्चोक स्वास्थ्य चौकीमा भदौ १९ गते , वडा न १ स्थित मसेलसामुदायिक स्वास्थ्य चौकी ईकाईमा भदौ २० गते शिबिर सञ्चालन हुने भएको छ। त्यस्तै वडा न २ को ओख्ले आधारभुत स्वास्थ्यकेन्द्र ,काउले पोखरी गाउँले क्लीनिकमा भदौ२१ गते वडा न ३ मा रहेको डाडाबेशी गाउँले क्लिनिक र तान्द्राङ स्वास्थ्य चौकीमा भदौ२२ गते शिबिर सञ्चालन हुनेछ । भदौ २३ गते वडा न ४ स्थित धाबा स्वास्थ्य चौकी र चौतरा सामुदायिक स्वास्थ्य ईकाई , भदौ २४गते धाबाको बालुबाटार आमा समूह भबन तथा बोर्लाङ स्वास्थ्य चौकी , २६ गते वडा न ८ पिपलटार स्थित रबिन्द्र ज्योति आधारभुतबिद्यालय र क्यामुनटार पाटनदेबि माबिमा शिबिर सञ्चालन हुनेछ । त्यसतै भदौ २७ गते वडा न ८ स्थित महादेबटार आधारभुतस्वास्थ्य ईकाई र वडा न ८ कार्यालय , २८ गते मदरसा उलुम प्राबि र जनशक्ति आधारभुत बिद्यालय र भदौ २९ गते आमा समूह भबनमोहरियामा शिबिर सञ्चालन हुने गाउँपालिका अध्यक्ष लोक प्रसाद बन्जराले बताए । भदौ ३० र ३१ गते अश्राङ स्वास्थ्य चौकीमाशिबिर सञ्चालन हुने र अप्रेसन गर्नु पर्ने आँखाका बिमारीलाई अश्राङ स्वास्थ्य चौकीमा अप्रेसनको पनि ब्याबस्था गरिएको पालिकाअध्यक्षले बताए।सम्पुर्ण भिमसेन गाउँपालिकाका आँखाका बिमारीलाई आँखा परिक्षण गरि कार्यक्रम सफल बनाइदिन अनुरोध समेत गरेका छन् ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.