गोरखा।जनता समाजबादी गोरखाको अध्यक्षमा कुलमान गुरुङ चयन भएका छन् । गोरखामा शनिबार सम्पन्न पाटीको बिस्तारित बैठकलेकुलमान गुरुङको अध्यक्षतमा ५१ सदस्यीय समिति गठन गरेको हो। जसमा उपाध्यक्ष कबिन्द्र अधिकारी , सुनसिङ तामाङ , आशबहादुर नेपाली सचिबमा पार्बति मास्के कार्की उपसचिबमा सबिना घले र काेषध्यक्षमा सुक मायाँ गुरुङ चयन भएका छन् । आउँदोनिर्बाचनलाई मध्य नजर गर्दै संघ र प्रदेशको उम्मेदवार पनि छिटै टुङयाउने गुरुङले जानकारी दिए । सोही कार्यक्रममा जसपाकाकेन्द्रीय कार्याकारिणी सदस्य तथा गण्डकी प्रदेश ईन्चार्ज शिबलाल थापाको पनि सहभागिता रहेको थियो । गोरखामा डा० बाबुरामभट्टराईले नेपाल समाजबादी पार्टीको पनि हिजै मात्र पुनर्गठन गरेका थिए।