Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

बादल एक्लै नेकपा(ओली समहु)मा सूर्य सुबेदी उपियाँ झै उछिट्टिए

loading views..
Nepal Telcome
नदीपुर दुध

नेकपा सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’का राजनीतिक सल्लाहकार सूर्यप्रकाश सुवेदी‘ पथिक’ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षमा उभिएका छन्।

पूर्वमाओवादी पृष्ठभूमिका बादल अर्का अध्यक्ष केपी ओलीतिर गएपछि पथिकले उनलाई छाडेका हुन् । ‘पथिक कमरेड प्रचण्ड–नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटी बैठकमा उपस्थित हुनुहुन्छ। बादल कमरेड उपस्थित हुनुहुन्न’ प्रचण्ड सचिवालय स्रोतले भन्यो ‘अब बादलसँग कुनै केन्द्रीय सदस्य नजाने भए। उहाँ मात्रै जाने हुनुभयो ।’

ओली नेकपामा दोस्रो वरियता पाउने भएपछि बादलले प्रचण्डलाई छाडेका हुन्। बादलनिकट ३४ केन्द्रीय सदस्यमध्ये ३३ जना प्रचण्ड कित्तामा उभिएका छन् ।

लुम्बिनी प्रदेशका आन्तरिक मामिला मन्त्री कुलप्रसाद केसी ‘सोनाम’ पनि प्रचण्ड नेपाल पक्षमै लाग्ने स्रोतले जनाएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link