पोखरा।आसन्न मशिर ४ मा हुन गई रहेको प्रतिनिधि सभा निर्वाचनको लागि नेपाली कांग्रेसको तर्फवाट प्रतिनिधि सभा सदस्य पदकोउम्मेदवारको लागि नेपाली कांग्रेसका नेता विश्व प्रकाश प्रसाई पर्वतवाट सिफारिस भएका छन्।नेपाली कांग्रेस पर्वतको सोमवारवसेको वैठकले प्रसाईलाई प्रतिनिधी सभा सदस्यको लागि प्रत्यक्ष तथा समानुपातिक दुवै तर्फ सिफारीस गरेको हो । २०७४ सालकोनिर्वाचनमा पनि पर्वत जिल्लाको दुवै क्षेत्रवाट प्रनिनिधी सभा सदस्य पदमा सिफारिस भएका प्रसाई अग्रजलाई सम्मान गर्दै टिकटकोदौडमा सक्रिय भएनन् । तर यस पटक पार्टी नेता, कार्यकर्ताको साथै आम जनताको चाहनाको सम्मान गर्दै प्रसाई पछि नहटने गरीअगाडी वढेका छन्।
प्रसाई वि.सं. २०३६ सालको आन्दोलनमा विद्यालय तहदेखि सहभागी हुदै निरन्तर पार्टीमा योगदान दिंदै आएका छन्। २०४६ सालकोजनआन्दोलनमा सक्रिय सहभागी प्रसाईले पर्वतको उत्तरी भेगको नेतृत्व गरेका थिए। २०४८ सालको आम निर्वाचनमा नेतृत्वदायीभूमिका निर्वाह गर्नु भएका प्रसाईले वि.सं. २०५१ र २०५६ सालको प्रतिनिधी सभा निर्वाचन, वि.सं. २०६४ र २०७० सालको संविधानसभा निर्वाचन र २०७४ सालको प्रतिनिधी सभा, प्रदेश सभा निर्वाचनमा समेत नेपाली कांग्रेसलाई विजय गराउन नेतृत्वदायी भुमिकानिर्वाह गर्नु भएको थियो। हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा पर्वत जिल्लाका ७ पालिका र ६१ वडामा कांग्रेस नेतृत्वकोगठवन्धनलाई विजय गराउन प्रसाईको भुमिका अहम् रहेको थियो ।
पार्टीको तेह्रौ महाधिवेशनवाट जिल्ला सचिवमा निर्वाचित हुनु भएका प्रसाई हाल कुनै पदीय जिम्मेवारीमा नरहे पनि पार्टीका हरेकगतिविधी सक्रिय सहभागी रहदै आउनु भएको छ । नेपाली कांग्रेसका शुभेच्छुक संस्था लोकतान्त्रिक गैसस महासंघको केन्द्रियसचिव, डेमोक्र्याटिक लयर्स एशोसिएसन धवलागिरीको सचिव र डिएलए पर्वतको अध्यक्ष समेत रहनु भएको छ । पार्टीको शुभेच्छुकसंस्था नेपाल प्रेस युनिएन पर्वतको संस्थापक समेत रहनु भएका प्रसाई विकास सञ्चार उद्यमीको रुपमा पनि चिरपरिचित हुनुहुन्छ ।विगत देखि सामुदायिक रेडियो समृद्ध नेपाल पोखरा, रेडियो समृद्ध नेपाल पर्वत सञ्चालन गर्दै आउनु भएका प्रसाईले समृद्धटेलिभिजन एचडी सञ्चालनको तयारीमा हुनहुन्छ ।
कानूनमा स्नातक र समाज शास्त्रमा स्नातकोत्तर उत्तिर्ण गर्नु भएका प्रसाई सामुदायिक विकास तथा लघुवित्तीय क्षेत्रका विज्ञ पनिहुनुहुन्छ । स्पष् टवक्ता, विषयगत अध्ययनशिल, तार्किक शैली र सत्य, तथ्य तथष्ट विचारकको रुपमा परिचित प्रसाई पर्वतवासीजनताको बीच पार्टी भन्दा माथि उठेर लोकप्रियता हासिल गरेको व्यक्तित्व हो ।
प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार सिफारिस भएका प्रसाईको राजनीतिक पहिचानसंगै सामाजिक क्षेत्रमा पनि अब्बल योगदानरहेको छ । गण्डकी प्रदेशकै अग्रणी रोजगारदाताको रुपमा परिचित प्रसाईले आफ्नो नेतृत्वका संघसंस्थामा ६ हजार ७ सय भन्दाबढी शिक्षित वेरोजगारलाई साना–ठूला, स्थायी–अस्थायी रोजगारीहरु प्रदान गरेका छन्।पर्वत जिल्लाको ६१ वडाका हरेक वस्तीमाप्रसाईको सामाजिक सेवा पुगेको छ । वि.सं. २०५२ साल देखि राजनीतिसंगै सामाजिक यात्रालाई अगाडी वढाएका प्रसाईले पर्वतजिल्लाको बस्ती बस्तीमा शिक्षा, स्वास्थ्य, खानेपानी, सामुदायिक वन तथा आय आर्जनको क्षेत्रमा योगदान दिंदै आएका छन्।
निर्वाचनमा झण्डै ७० प्रतिशत मतदाता विभिन्न पार्टीमा आवद्ध रहेको भनिन्छ । कुल मतदाताको झण्डै ३० प्रतिशत तरल मतदाताहरेक निर्वाचनमा निर्णायक हुने गरेका छन् । नेता प्रसाई पर्वत जिल्लामा जनता बीच सवै भन्दा बढी लोकप्रिय कांग्रेस नेताको रुपमापरिचित छन्न्।विगतको प्रतिनिधिसभा निर्वाचनमा भारी मतान्तरले विजय हासिल गरेको एमालेसँग टक्कर दिएर प्रतिस्पर्धामा जानसक्ने एक मात्र उम्मेदावरको रुपमा प्रसाईलाई लिने गरिएको छ ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.