Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

संबिधान दिबसमा गोरखामा घर घरमा दिप प्रजलन गर्न निर्देश

loading views..
Nepal Telcome

गोरखा। जिल्ला प्रशासन कार्यालय गोरखाले संबिधान दिबसको अबसरमा सार्वजानिक महत्व राख्ने स्थलहरुमा तथा आम नागरिकको घर घरमा दिप प्रजलन गर्न आग्रह गरेको छ । मंगलबार बसेको मन्त्री परिषद बैठकले असोज २ गते देखि ४ गते सम्म राष्टिय महोत्सबको रुपमा संबिधान दिबस मनाउने निर्णय अनुसार गोरखामा पनि ३ दिन संबिधान दिबस मनाउन लागिएको जिल्ला प्रशासन कार्यालय गोरखाका प्रमुख प्रशासिकय अधिकृत चुडानिधी तिबारीले जानकारी दिए ।
गोरखा जिल्ला स्थित सबै सरकारी कार्यालय तथा बिभिन्न संघ सस्थाहरुले राष्टिय झण्डा एबम ब्यानर सजाई कार्यालय परिसरमा सरसफाई गर्ने निर्णय गरिएको उल्लेख गरिएको छ । बिभिन्न सार्वजनिक महत्व राख्ने ठाउँहरुमा धार्मिक र सास्कृत सम्पदाहरुमा सौन्र्दय बद्र्धक बनाउन जिल्ला प्रशासन कार्यालय गोरखाले आग्रह गरेको छ । संबिधान दिबसको अबसरमा जिल्लामा भएका सञ्चार माध्यमबाट संबिधानको महत्वको बारेमा प्रचार प्रचार गर्न पनि भनिएको छ ।
जिल्ला भित्र रहेका मठमन्दिर बुद्धबिहार मस्जित चर्च लगाएत धार्मिक स्थलहरुमा पुजारी धर्म गुरुबाट धार्मिक स्ठान संकल्प गर्दा राष्ट राष्टियता स्वतन्त्रता र संबिधानको लागि जिबन त्याग गर्ने ज्ञात अज्ञात शहिदहरुको चिरशान्तिको कामना गर्दै प्राथाना गर्ने उल्लेख गरिएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाले आयोजना गरेको कार्यक्रमलाई सहजिकरण गर्ने बताएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link