गोरखा।नेपाली सेनाका मन बहादुर राना बालिका बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । बाग्लुङ गलकोट ११ घर भएका रानलाई गोरखाको चुमनुब्री गाउँपालिका ३ सिर्दिबासबाट प्रहरीले नियन्त्रणमा लिएको हो।उनी बेनिघाट आरुघाट लार्के सडक निर्माण कार्यादलमा काम गर्दै आएका थिए । रानालाई चुमनुब्री सिर्दिबासका १४ बर्षिय बालिका बलात्कार गरेको आरोप लगाउँदै स्थानियले नियन्त्रणमा लिई प्रहरी चौकीमा जिम्मा लगाएका थिए । रानालाई गत शनिबार साँढे ५ बजे तरकारी टिप्न गएको बेला बालिकालाई बलात्कार गरेको आरोप लागाएको हो।रानालाई गए राती जिल्ला प्रहरी कार्यालय गोरखामा ल्याएर अनुसन्धन थालिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।