Skip to content
Pokharapress Logo
२९ श्रावण २०८२, बिहीबार

अध्यक्ष पञ्चा सिंहको स्वेच्छाचारिता र पवन कार्कीको अराजकताले अनेरास्ववियूको विवाद चुलियो

पोखरा।नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियू (क्रान्तिकारी)का चार जना उपाध्यक्षहरूले नेतृत्वमाथि प्रश्न गर्दै विज्ञप्ति जारी गरेका छन् ।

उनीहरूले संगठनका अध्यक्ष पञ्चा सिंह र समानान्तर कार्यक्रम गर्दै आएका पवन कार्कीको कार्य शैलीमाथि प्रश्न गर्दै विरोध जनाएका हुन् । उनीहरूले जारी गरेको विज्ञप्तिमा संगठनको मुख्य नेतृत्व जिम्मेवार बन्न नसकेको, अस्थिरतामा रुमलिरहेको आरोप लगाइएको छ ।

‘एजेण्डाविहीन बन्दै गएको संगठन र गन्तव्यविहीन बन्दै गएका नेताहरूमाथि खबरदारी गर्दै एजेण्डा, उद्देश्य र गन्तव्यसहितको अखिल (क्रान्तिकारी) निर्माणमा जिम्मेवार बनेर लाग्न हामी सबै नेता कार्यकर्तामा हार्दिक अपिल गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

उपाध्यक्ष डा. अच्युत प्रसाद भट्टले भने, ‘हामी एजेण्डासहितको अखिल कान्तिकारी निर्माणमा अगाडि बढ्ने प्रयास गरेका छौँ, हामी इतिहासमा दिलबहादुर रम्तेल, पूर्ण पौडेलले देखाएको बाटोमा अगाडि बढ्ने लक्ष्य हो, पञ्चा सिंह र पवन कार्की दुवै प्रवृति गलत छ ।’

उनले अध्यक्ष सिंहको स्वेच्छाचारिता र कार्की समूहको समानान्तर गतिविधि बन्द नभए थप गतिविधि अगाडि बढाउने बताए । संगठनमा लामो समयदेखिअध्यक्ष सिंह र कार्कीले समानान्तर गतिविधि गर्दै आएका छन् ।

arrow प्रतिक्रिया दिनुहोस्