Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

४ मंसिरमा एमालेले चमत्कार गर्नेःखड्ग प्रसाद ओली

loading views..

पोखरा।एमाले अध्यक्ष केपी ओलीले प्रतिनिधिसभा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको सूची बुझाएसँगै असोजदेखि संसद नरहने बताएका छन्

पार्टी संसदीय दलका नेता समेत रहेका ओलीले शुक्रबार दल कार्यालय सिंहदरबारमा आयोजित सांसदहरुको बिदाई बैठकमा संसदको कार्यकाल असोजबाट सकिने बताए

संसदको कार्यकाल समाप्त भएकाले अब चुनाव प्रचारप्रसारका लागि गाउँगाउँ जान ओलीले सांसदहरुलाई निर्देशन दिए ओलीले मंसिरको निर्वाचनमा आफ्नो दलले चमत्कार गर्ने दाबीसमेत गरे

तपाईंहरु अब पार्टीका उम्मेदवारलाई जिताउन गाउँगाउँ जानुपर्छ’, ओलीले भने, ‘एमालेविरुद्ध जसजसले घेराबन्दी गरे पनिमंसिर गते एमालेले चमत्कार देखाउँछ देशलाई शिरमा राखेर पार्टीले दिएको जिम्मेवारी पूरा गर्न ओलीले निर्देशन दिए

ओलीले साढे वर्षको कार्यकाल शानदार रहेको भन्दै सांसदहरुलाई बधाई शुभकामना दिए सत्ता गठबन्धनले समानुपातिक उम्मेदवारी दर्तापछि पनि सांसद कायम राख्न खोजेको आरोप लगाउँदै उनले त्यसो गरिए तमाशा मात्र हुने टिप्पणी गरे

loading views..

arrow प्रतिक्रिया दिनुहोस्