Skip to content
Pokharapress Logo
२९ श्रावण २०८२, बिहीबार

वक्तित्वकलामा द ओल्ड क्यापिटलका छात्रा प्रजिता बाँनिया प्रथम

गोरखा।अखिल क्रान्तिकारी जिल्ला समन्वय समितिले आयोजना गरेको गोरखा नगरपालिका अन्तर्गत मा बि स्तरिय बक्तित्व कलाप्रतियोगितामा ओल्ड क्यापिटल रानीबनका छात्रा प्रजिता बाँनियाले ११२. अंक ल्याई प्रथम स्थान हासिल गरेकी छिन् संविधानदिबसको अबसर पारेर आज गोरखा सदरमुकामको जिल्ला समन्वयय समितिको सभा हलमा भएको कार्यक्रममा बर्तमान संविधाननिर्माणमा जनयुद्वको भुमिका बिषयमा बकतित्व कला प्रतियोगितामा नगरपालिका भित्र १२ वटा स्कुलहरुको २४ जना बिद्यार्थीहरुलेसहभागी जनाएका थिए जसमा द्वितिया स्थान हासिल गर्ने महलक्ष्मी माबि लक्ष्मीबजारका छात्रा नमुना गिदेल मगर , १११. तृतियास्थान हासिल गर्ने महेन्द्र माबि कुन्दुरटारका छात्र मन्दिप लामा १०५ सान्त्वना स्थान हासिल गर्ने मनकामना बोर्डिङ स्कुलका छात्रखेमकुमार घले १०४ मनकामना बहिरा माबिका छात्रा सहभगी भए बापत प्रोत्साहन स्वरुप नगद दुई हजार पाउन सफल भएकी छिन् पुरस्कार स्वरुप क्रमश १५,००० , १२,००० , १०,००० ,००० ,००० नगद सहित प्रमाण पत्र पाउन सफल भएका हुन् सहभागी जतिसबैलाई सम्मान स्वरुप प्रमाण पत्र बितरण गरिएको बिद्यार्थी सह सचिब अनिष अर्यालले जानकारी दिए पहिलो पुरस्कार प्रायोजनहिरो होण्डाका प्रोपाइटर रामहरि केसी द्वितिया पुरस्कार प्रेम तमाङले प्रयोजन गरेका हुन् ।अखिल क्रान्तिकारी जिल्ला समन्वयसमितिका अध्यक्ष बिष्णु पाण्डेको अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथीको आतित्यथा निवर्तमान गोरखा क्षेत्र का सांसदहरि अधिकारीले गरेका थिए।प्रमुख अतिथि हरि अधिकारीले बिद्यार्थीहरुको तागतबाट नै ठुला ठुला उपलब्धी भएको बताउँदै यस्ताकार्यक्रमले नयाँ पिढीलाई जनयुद्वको पाठ सिकाएकोमा खुशी ब्यक्त गरे

त्यस्तै नेकपा माओबादी केन्द्रका जिल्ला ईन्चार्ज कृष्णधिताल पूर्व प्रदेश कृषि मन्त्री लेख बहादुर थापा जिल्ला समन्वय समितिका प्रमुख मोहोन थापा गोरखा नगरपालिकाका मेयर कृष्णरानाले मन्त्बय राखेका थिए सोही कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष क्षितिज सापकोटा केन्द्रीय सचिब बाबुरामनेपाली केन्द्रीय सचिब नारायण बडाल अखिल क्रान्तिकारी गण्डकी प्रदेश अध्यक्ष सुदिन पौडेल प्रमुख सचिब रामकृय्ण भट्टकोसहभागिता रहेको  थियो। कार्यक्रमको सञ्चालन अखिल क्रान्तिकारी जिल्ला सचिब सुलभ अंम्गाईले गरेका थिए

arrow प्रतिक्रिया दिनुहोस्