आज देशब्यापी रुपमा नेबिसंघ सडकमा आउने

आज देशब्यापी रुपमा नेबिसंघ सडकमा आउने

  • सोमबार, पौस १३ २०७७

काठमाडौं।नेपाली काँग्रेसले घोषणा गरेको आज( पुस १३ ) गतेको देशव्यापी बिरोध प्रदर्शनलाई भव्यताका साथ सफल पार्न र व्यापक रूपमा परिचालित हुन नेपाल विद्यार्थी संघले सबैमा आह्वान गरेको छ । आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै अध्यक्ष राजीव ढुंगानाले सोमबार मुलुकका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा एकैसाथ हुने बिरोध प्रदर्शनमा झण्डा,ब्यानर,प्लेकार्डसहित उपस्थित हुन सम्पूर्ण समिति र इकाइहरूलाई निर्देशन दिएका छन् ।

त्यसैगरी, पुस १६ गतेको राष्ट्रिय एकता दिवस तथा मेलमिलाप दिवसलाई विचार गोष्ठी, सेमिनार, भेला गरी तथा रक्तदान, वृक्षारोपण, बिरामी तथा वृद्धवृद्धाहरूलाई फलफूल वितरणजस्ता रचनात्मक क्रियाकलापहरू गरी मनाउन पनि निर्देशन दिइएको छ । नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको प्रतिनिधि सभाको असंवैधानिक विघटनको बिरोधमा बिरोध प्रदर्शनको कार्यक्रम राखेको हो ।जनआस्थाबाट

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.