Skip to content
Pokharapress Logo
१० माघ २०८२, शनिबार

पाँच घण्टा राजमार्ग अवरुद्ध पश्चात् गजुरीमा आवागमन सुचारु

loading views..

धादिङ। बसको ठक्करबाट स्कुले विद्यार्थी मारिएपछि बिहानै देखि तनावग्रस्त गजुरीमा प्रहरीको हस्थक्षप गरेर यातायात सुचारु गराएको छ । बसको ठक्करबाट स्कुले विद्यार्थी मारिएपछि धादिङको गजुरी निक्यै नै तनावग्रस्त भएको थियो ।
बिहान ११ बजेको समयमा आदर्श स्कुल गजुरीमा कक्षा १ मा अध्ययनरत ६ वर्षका बालकलाई बसले ठक्कर दिए पश्चात घटनास्थलमै मृत्यु भएको थियो ।स्कुलको बस चढ्ने क्रममा बालक विजय परियारलाई ठक्कर दिएको थियो । विद्यार्थीको मृत्युपछि स्थानीय आक्रोशित भएका हुन् ।सयौको संख्यामा प्रदर्शनमा उत्रिएका स्थानियबासीले बसमा आगजनि सहित सडक अबरुद्ध गरेका थिए। अन्तत केही राउण्ड अश्रु ग्याँस प्रहार गरेर बाटो आवतजावत सुचारु गरिएको छ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्