Skip to content
Pokharapress Logo
३१ श्रावण २०८२, शनिबार

मकवानपुरमा बस दुर्घटना मर्नेको ७ पुग्यो

मकवानपुर । मकवानपुरमा आज दिउँसो बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ७ र घाइते हुनेको संख्या २४ पुगेको छ। बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै र एक जनाको भीमफेदी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्रोतले बतायो ।
काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ना ३ ख ७८५८ नम्बरको बस भीमफेदी गाउँपालिका-६ जुरिखेतमा दुर्घटना भएको हो । बस दुर्घटनाग्रस्त हुँदा हेटौँडाबाट काठमाडौँ जाँदै गरेको मधेस प्रदेश–०३–००१ ज ०२७१ नम्बरको सुमोमा ठोक्किएको थियो ।साँघुरो मोडमा  दुर्घटना हुँदा बस ५० मिटर तल तल्लो सडकमा खसेको प्रहरीले जनाएको छ ।

arrow प्रतिक्रिया दिनुहोस्