Skip to content
Pokharapress Logo
९ कार्तिक २०८३, आईतवार

एनटीसीको सजिलो प्रिपेड कम्बो अफर, ३४९ रुपैयाँमा १४ हजार एमबी डाटा

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा।नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकका लागि किफायती मूल्यमा दैनिक र मासिक रूपमा प्रयोग गर्न सकिने सजिलो प्रिपेड कम्बोअफर ल्याएको छ ।

कम्पनीले प्रिपेड मोबाइलका ग्राहकका लागि कम्पनीले असोज २ बाट लागू हुने गरी १९९ देखि ६९९ सम्मका भ्वाइस, डाटा र सन्देशपठाउन सकिने प्याक ल्याएको हो । एकपटक लिएपछि २८ दिनसम्म प्रयोग गर्न सकिने यो अफरअन्तर्गत १९९ मा ४२०० एमबी(दैनिक १५० एमबी) डाटा, ४२० मिनेट (दैनिक १५ मिनेट) कुराकानी गर्ने र ४२० (दैनिक १५) वटा सन्देश पठाउन सकिने सुविधाउपलब्ध गराएको नेपाल टेलिकमले जनाएको छ ।

३४९ रुपैयाँमा १४,००० एमबी (दैनिक ५०० एमबी) डाटा, १४०० मिनेट (दैनिक ५० मिनेट) कुराकानी गर्ने र १४०० (दैनिक ५०) वटासन्देश पठाउन सकिने सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यसैगरी  ४९९ मा १९,६०० एमबी (दैनिक ७०० एमबी) डाटा, १९६० मिनेट (दैनिक ७० मिनेट) कुराकानी गर्ने र १९६० (दैनिक ७०) वटासन्देश पठाउन सकिने सुविधा प्रयोग गर्न सकिने व्यवस्था मिलाएको नेपाल टेलिकमले जनाएको छ । 

यसअफरअन्तर्गत ६९९ मा २८ जिबी (दैनिक १ जिबी) डाटा, २८०० मिनेट (दैनिक १०० मिनेट) कुराकानी गर्ने र २८०० (दैनिक १००) वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध गराएको छ। अफरअन्तर्गत उपलब्ध सबै सुविधा खरिद गरेको मितिदेखि २८ दिनसम्मसबै नेटवर्कमा प्रयोग गर्न सकिन्छ । 

यस अफरअन्तर्गत ९८ मा २८ दिनभित्रमा जम्मा ६०० वटा र ६० मा जम्मा ३०० वटा सन्देश पठाउन सकिने सुविधा पनि उपलब्धगराइएको छ । आफ्नो मोबाइलबाट *१४१५# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याक उपयोग गर्न सकिने नेपालटेलिकमले जनाएको छ ।  

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link