Skip to content
Pokharapress Logo
१ जेष्ठ २०८३, शुक्रबार

एमसीसी नेपालको हितमा हुने छ : ऊर्जामन्त्री रायमाझी

loading views..
Nepal Telcome

काठमाडौं । नव गठित मन्त्रीमण्डलका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी)  सम्झैता नेपालको हितमा रहेकाले यसको कार्यन्वयन गर्नुपर्ने बताएका छन् ।

आइतबार पदभार ग्रहण गर्दै उनले भने, ‘ सम्झौतामा रहेका कतिपय बुँदाहरु देशको स्वाभिमानलाई कमजोर बनाउने छन् भने सच्याउन सकिन्छ, यो अपराध हो, तर यो सम्झौताले सैन्य आक्रमण हुन्छ भन्ने कुरामा मलाई विश्वास छैन ।’ उनले एमसीसी कार्यान्वयनमा सहयोग गर्न सबैलाई आग्रह पनि गरे ।

एमसीसीको कार्यन्वयन नगर्न जनता र बहुमत नेताहरुले आवाज उठाउदै आएकोमा मन्त्री रायमाझीले आफ्नो पदभार समाल्ने दिननै एमसीसीको पक्षमा बोल्दै पास गर्नुपर्ने बताए । उनले भने, ‘एमसीसी पास नगराईए ट्रान्समिसन लाइन निर्माण गर्न नसक्दा खतरा हुनसक्ने छ ।’ नेपालको बिद्युत क्षेत्र बिकारका लागि एमसीसी महन्वपूर्ण रहेको पनि उनले बताए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link