Skip to content
Pokharapress Logo
३१ आश्विन २०८२, शुक्रबार

चर्चित उद्यमीसहित एमाले परित्याग गरि सयौं नेता–कार्यकर्ता माओवादीमा प्रवेश

loading views..

चितवनमा चर्चित उद्यमीसहित एमाले परित्याग गरि सयौं नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आज भरतपुरमा आयोजित कार्यक्रममा उनीहरु माओबादी प्रवेश गरेका थिए भने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा उनीहरुलाई स्वागत गरेका थिए । चितवनका स्थापित उद्यमी विजय घलेसहित एमाले परित्याग गरि सयौं कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । विभिन्न महिला समूह र मुस्लिम समुदायका प्रतिनिधिहरूसमेत माओबादी प्रवेश गरेका छन् । सोहि अबसरमा प्रचण्डले देशमा व्यवस्था बदलिए पनि अवस्था जहाँको त्यही भएको भन्दै अब जनताको अवस्था बदलेर उनीहरुको मुहारमा खुशी ल्याउने चाहना रहेको बताएका थिए । प्रचण्ड चुनावी कार्यक्रममा सहभागी हुन शनिबार चितवन गएका थिए । प्रचण्डले निकै ठूलो त्याग र बलिदानबाट देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको स्मरण गर्दै परिवर्तन उल्ट्याउन खोज्ने हर्कतहरुलाई नेपाली जनताले कदापी सहन नसक्ने बताएका छन् । उनले माओवादी पार्टी नै देश र जनताको भविष्यको निम्ति लड्ने पार्टी भएको र जनताको मुहारमा खुशी ल्याउन माओवादीले नै नेतृत्व गर्नुपर्ने धारणा राखेका छन् ।

 

loading views..

arrow प्रतिक्रिया दिनुहोस्