Skip to content
Pokharapress Logo
२० आश्विन २०८३, मंगलवार

बालमन्दिर माध्यमिक बिद्यालयले अनाथ बालबालिकाको लागि असोज २३ गते दशै सांस्कृतिक कार्यक्रम गर्ने

loading views..
Nepal Telcome
नदीपुर दुध

गोरखा।गोरखा सदरमुकामको काखमा रहेको बाल मन्दिर माध्यमिक बिद्यालयले यहि असोज २३ गते दशै सांस्कृत कार्यक्रम गर्ने भएको छ । आईतबार गोरखा सदरमुकामको बिसौनी होटेलमा पत्रकार सम्मेलन गर्दै बाल मन्दिर माध्यमिक बिद्यालयका प्रधानध्यापक शिब थापाले जानकारी गराएका हुन् ।

बालमन्दिर माध्यमिक बिद्यालयको आयोजना कालिका सांस्कृत कला केन्द्र र गोरखा मल्टीटयालेन्ट ग्रुपको सह आयोजनमा र हरमटारी क्लबको बिशेष सहयोगमा अनाथ बालबालिकाको सहयोगार्थ दशै सांस्कृत कार्यक्रम हुन लागेको बालमन्दिर माध्यमिक बिद्यालयका प्रअ शिब थापाले जानकारी दिए ।
बाल मन्दिर माध्यमिक बिद्यालयले अनाथ अबस्थामा रहेका बालबालिकाको समस्यालाई मध्यनजर गर्दै शिक्षा प्राप्त गर्ने अबसर प्रदानको लागि २०७० साल देखि आबसिय सुबिधा सहित सेबा प्रदान गर्दै आएता पनि २०७३ सालमा जिल्ला शिक्षा कार्यालयले अनुमति लिई १० जना अनाथ बालबालिकालाई आबसिय सुबिधा उपलब्ध गराई अध्ययनको अबसर प्रदान गरेको थियो ।
अहिले होस्टेलमा २४ जना अनाथ बालबालिकाहरु रहेकाले अनाथ होस्टेल सञ्चालनको लागि दशै सास्कृतिक कार्यक्रम गरी आम गोरखा बासी दाजुभाइ तथा दिदीबहिनी बिभिन्न संघ सस्थालाई अनाथ बालबालिकाको सर्वसुलभ शिक्षा र आबासको ब्याबस्थापनको लागि आग्रह गरिएको छ ।
बाल मन्दिर माध्यमिक बिद्यालयको प्रागणमा असोज २३ गते २ बजे देखि शुरु हुने कार्यक्रममा कालिका सांस्कृतिक कला केन्द्र मल्टिटयालेन्ट ग्रुप र स्थानिय कलाकारको बेजोड प्रस्तुति रहने छ । कार्यक्रममा अनुमानित बजेट एक लाख पचास हजार लाग्ने अनुमान गरिएको छ । कार्यक्रम हेर्न आउने दर्शकहरुको लागि २००, ५०० र १००० को टिकट लाग्ने छ । सहयोगी दाताबाट उठेको रकमबाट अक्षयकोष स्थापना गरिने प्रअ शिब थापाले जानकारी पोखरा प्रेसलाई बताए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link