Skip to content
Pokharapress Logo
३१ आश्विन २०८२, शुक्रबार

डा०बाबुराम भट्टराई चुनाव नलड्ने संकेत

loading views..
बाबुराम प्रचण्ड

पोखरा। नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसदीय चुनाव नलड्ने संकेत गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भट्टराईले कुनै पनि नेताले आफ्नो जीवनकालमा सधैँभरी चुनाव लड्नु पर्छ भन्ने मान्यता त्याग्नुपर्ने उल्लेख गर्दै आफू अब अरुलाई अवसर दिनुपर्छ भन्ने सोँचाइमा रहेको बताएका छन् ।भट्टराई २०६४ सालको चुनावपछि लगातार गोरखाबाट निर्वाचित हुँदै आएका छन् । ‘समाजवाद निर्माणको राजनीतिक यात्रा गर्नेरुले चुनावदेखि चुनावसम्मको बाटो हिडेर मात्र हुन्छ र ?’ भट्टराईले प्रश्न गरेका छन् ।चुनाव नलड्नेबारे भट्टराईले प्रचण्डसँग पनि छलफल भइरहेको उल्लेख गरेका छन्।  भट्टराईले लेखेका छन्, ‘ क.प्रचण्ड र म जीवनको अन्तिम कालखण्डमा पुनः एकचोटि नयाँ उॅचाइमा उठेर सहकार्य गर्न यस्तै यस्तै छलफल गरिरहेछौं! तपाईंहरूको सल्लाह सुझाव अपेक्षित छ!! “।यस्तो छ भट्टराईको फेसबुक स्टाटस-  के सबैले संधै चुनाव लड्नैपर्छ? समाज रूपान्तरण, विकास/समृद्धि,समुन्नत समाजवाद निर्माणको राजनीतिक यात्रा गर्नेहरूले चुनावदेखि चुनावसम्मको बाटो मात्र हिॅडेर हुन्छ? सडक-सदन-सरकारको क्षेत्रबाट एकीकृत संघर्ष गर्दै समुन्नत समाजवादको दिशामा जाने हो भने नेतृत्वको मूल टिमको कार्यविभाजन पनि सोही अनुरूप गर्नु आवश्यक नहोला र? क. प्रचण्ड र म जीवनको अन्तिम कालखण्डमा पुनः एकचोटि नयाँ उॅचाइमा उठेर सहकार्य गर्न यस्तै यस्तै छलफल गरिरहेछौं! तपाईंहरूको सल्लाह सुझाव अपेक्षित छ!!

loading views..

arrow प्रतिक्रिया दिनुहोस्