Skip to content
Pokharapress Logo
२९ श्रावण २०८२, बिहीबार

म गोरखाबाटै चुनाव लड्छु:प्रचण्ड

पोखरा।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू गोरखाबाटै चुनाव लड्ने बताएका छन् ।
अहिले बेलुका बसेको पदाधिकारी बैठकमा उनले यस्तो बताएका हुन् ।

अध्यक्ष निकट एक नेताले पोखराप्रेसलाई दिएको जानकारीअनुसार गठबन्धनलाई पनि समय दिन पाइने र चितवन सुनिश्चित नदेखिएकाले गोरखाबाट चुनाव लड्न लागेको बताएका थिए ।

“म गोरखाबाट चुनाव लड्छु,” प्रचण्डको भनाई उद्धृत गर्दै एक नेताले भने, “गठबन्धनलाई पनि समय दिनुपर्‍यो । जहाँबाट पनि लड्न तयार हुनुपर्छ भन्ने मेरो मान्यता पनि हो । त्यो अवस्थामा गोरखा बढी सुनिश्चित देखियो । त्यहाँ एमाले पनि तेस्रो नम्बरमा छ । गठबन्धनको उमेदवारले सहजै जित्ने देखिन्छ ।”    प्रचण्ड गाेरखा २ बाट प्रतिनिधि सभा उम्मेदवार बन्ने करिब निश्चित भएको छ।

arrow प्रतिक्रिया दिनुहोस्