Skip to content
Pokharapress Logo
३१ आश्विन २०८२, शुक्रबार

गोरखाली जनताको चाहना, क्रान्तिको सम्मान र साँच्चिकै नयाँ नेपाल निर्माणका लागि गोरखा २ मा प्रचण्ड

loading views..

पोखरा। नेपाल र नेपाली जनताको समृद्धिका लागि गतिशील राजनेताको नाम हो प्रचण्ड ।संघीय लोकतान्त्रिक गणतन्त्रका जनक, त्यसका लागि अथक संघर्ष गर्ने व्यक्तित्व हुन प्रचण्ड बृहत शान्ति सम्झौतापछि नेपाली जनताले आफ्नो संविधान आफै लेखन सम्पन्न पश्चात संविधान सभा निर्वाचनमा प्रचण्ड क्रान्तिको केन्द्र र राज्यसत्ताको केन्द्रबिन्दु काठमाडौंबाट प्रतिनिधित्व गरे ।

दोश्रो संविधानसभाको निर्वाचन २०७० मा केन्द्रीय राज्यसत्ताको ऐतिहासिक उत्पीडनमा परेको र जनयुद्ध, जनआन्दोलनमा उल्लेख्य योगदान गरेका भूमि मधेसको सिरहाबाट प्रतिनिधित्व गरे ।

संविधान निर्माणपछि संविधान कार्यान्वयनको चरणको पहिलो निर्वाचनमा प्रचण्डले आफ्नो गृहजिल्ला चितवनबाट जनताको अत्यधिक मतसहित विजय प्राप्त गरे ।

संविधान निर्माणपछि प्रचण्ड परम्परागत संसदवादमा रुमल्लिन चाहेनन् । राजनीतिक क्रान्तिको एउटा अध्यायको पूर्णतासँगै आर्थिक क्रान्तिको हुटहुटी बोकेर उनी अग्रगमन र समृद्धिका पक्षमा सधैं सक्रिय रहँदै आएका छन् ।
उनी संसदवादी नेताजस्तो एउटा संसदीय क्षेत्रमा मात्र खुम्चिएर बसेनन्, बरु उनले उत्पीडित उपेक्षित क्षेत्रको प्रतिनिधित्व गर्दै एकातिर भौगौलिक एकीकरण र अर्कोतर्फ विकास, समृद्धि र प्राप्त उपलब्धिहरुको रक्षाका लागि बिभिन्न संसदीय क्षेत्रहरुको प्रतिनिधित्व गर्दै आए ।

नेपाली जनताको आन्तरिक एकतामा समृद्धिको सपना साँचेका प्रचण्डले यसपटक नेपालको एकीकरण र नेपालको रुपान्तरणमा ऐतिहासिक भूमिका खेलेको क्रान्तिको भूमिका रुपमा समेत परिचिति गोर्खा जिल्लाबाट प्रतिनिधित्व गर्दै हुनुहुन्छ ।

प्रचण्डको यो उम्मेदवारी एकातिर इतिहासको योगदानको कदर हो भने अर्कोतर्फ राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै नेपाली समाजलाई फेरी समृद्धिको क्रान्तितर्फ लैजाने गतिशील कदम हो ।

त्यसैले गोर्खाली जनताको चाहना, क्रान्तिको सम्मान र साँच्चिकै नयाँ नेपाल निर्माणका लागि ‘जसको नीति उसैको नेतृत्व’ स्थापित गर्न प्रचण्डलाई भारी मतले जिताउन गोरखावासी आतुर रहेका छन् ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्