काठमाडाैं। बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले सोमबार सोमबार काठमाडौं जिल्ला अदालतमा बयान दिए । सन्दीपको बयानबारे जानकारी दिदै अधिवक्ता सुधा रिजालले भनिन्, ‘उहाँले दुई वटा जन्मदर्ता बनाएको देखिएको छ। शिलशिलाबद्ध रूपमा उहाँ ‘सन्दीप’लाई फसाउन खोजिएको देखिन्छ, उहाँले ढाँटेर, आफ्नो उमेर घटाएर जन्मदर्ता बनाउनुभएको छ त्यो प्रमाण पेस गर्छौं। उहाँ ‘सन्दीप’ निर्दोष हुनुहुन्छ।’ इजलासमा न्यायाधीश दयाराम ढकालसमक्ष सन्दीपले आफूलाई पीडित युवतीले १९ वर्षको भनेर जानकारी गराएको बताए । वकिल सरोज घिमिरेले अध्ययन प्रयोजनका लागि किशोरीले उमेर घटाएर अर्को जन्मदर्ता बनाएको पाइएको दाबी गरे । सन्दीपका अर्का वकिल सरोजकृष्ण घिमिरेले भने, ‘उमेरको विषयमा म अझै अनभिज्ञ छु। मसँग कागजातहरू भएन। मैले अर्को वकिलसँग बुझ्न पनि पाएको छैन, ‘सन्दीपले श्रीमानसमक्ष बाटोमा कुराकानी हुँदा पीडितले आफू चाहिँ १९ वर्षकी हुँ भनेर तीनचोटिसम्म भनेको भनेर भन्नुभएको छ।’ ‘सन्दीप एक व्यक्तिमात्रै नभएर संस्था समेत भएकाले हामीले यस मुद्दालाई फास्ट ट्र्याकमा लैजान वकिलहरुले माग गरेका छन् । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पटक–पटक बलात्कार गरेको आरोप लागेको थियो। लामिछानेले इजलासमा आरोपको प्रतिकार समेत गरेका छन्। आफैंले बोलाएर नभई पीडित भनिएकी युवतीले नै बोलाएपछि गएको सन्दीपले बयान दिएका छन् । ‘मैले उजुरीकर्ताकै आग्रहमा उनलाई भेटेको हो, उनी नाबालिग पनि होइनन्। उनलाई मैले दरबारमार्गमा कफी खाएर छुटौँ भनेँ तर उनले नगरकोट घुम्न जान मन लागेको र पुगेर आउन सकिने बताइन्। मैले रात पर्छ होस्टलमा आउन ढिला हुन्छ भन्दा उनले नै आफ्नो होस्टल जुनसुकै समयमा पनि खुल्ने भएकाले पुगेर आउन भ्याइने बताइन्। त्यसपछि नगरकोट पुगेर हामी काठमाडौँ फर्कियौँ।’ सन्दीपले अदालतसमक्ष भने, ‘काठमाडौँ फर्किएपछि उनले आफ्नो होस्टल बन्द भएको भन्दै आफूलाई होटलमा राखिदिन आग्रह गरिन्। मैले टिम बसेकै होटलमा जाउँ त्यहाँ म्यानेज गर्छु भनेँ। तर उनले देव खनाललगायत अन्य क्रिकेट खेलाडीलाई पनि आफूले चिन्ने भएकाले टिम बसेको होटलमा जान अस्वीकार गरिन्।’ उनले न्यायाधीसमक्ष भने, ‘यो सम्पुर्ण प्रक्रियाबाट मेरो आत्मासम्मानमा चोट पुगेको छ। चरित्रहत्या गरिएको छ। ममाथि झुटा आरोप लगाइयो। यसको कुनै उपचार छ श्रीमान्?’ भदौ ६ गते लामिछाने टी–२० खेल खेल्न केन्या गएका थिए। लिग भइरहँदा काठमाडौंको प्रहरी वृत्त गौशालामा भदौ २१ गते उनीविरूद्ध जाहेरी परेको थियो।
