गोरखा। आसन्न मंसिर ४ गते प्रतिनिधि सभाकाे उम्मेदार तथा नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे प्रशिक्षण लिन माओबादी पार्टीकाे कार्यकर्ताकाे भिड लागेकाे छ । शुक्रबार अगुवा कार्यकर्तालाई प्रशिक्षण दिन गाेरखा आइपुगेका दाहालसँग बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे , हरि अधिकारी , चुडामणि खड्का लगायतका केन्द्रीय नेताहरु गाेरखा आइपुगेकाे जिल्ला समन्वय सचिब दिपक तिम्ल्सेना साकारले जानकारी दिए । शुक्रबार पार्टीका नेता कार्यकर्तालाई प्रशिक्षण गरि भाेलि शनिबार गठबन्धनका कार्यकर्तालाई प्रशिक्षण गरि काठमाडाैं फर्कने कार्यक्रम रहेकाे जिल्ला पार्टी श्रोतले जनाएकाे छ ।
