Skip to content
Pokharapress Logo
२९ श्रावण २०८२, बिहीबार

गठबन्धनकाे पक्षमा ९०% मत झार्नु अहिलेकाे अपरिहार्य हाे: माओबादी नेता परशुराम रम्तेल

गोरखा।नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य तथा दलित मुक्ति माेर्चाकाे ईन्चार्ज परशुराम रम्तेलले गठबन्धनकाे पक्षमा ९०% मत झार्नु अपरिहार्य भएकाे बताएका छन् ।
साेमबार गाेरखाकाे सिरान्चाेक गाउँपालिकाकाे चाेरकाटेमा चुनाब केन्द्रीत बैठकमा सिरान्चाेक गाउँपालिकाकाे बैठकलाइ सम्बाेधन गर्दै माओबादी नेता रम्तेलले देशमा भएकाे अस्थिरतालाई सहि बाटाेमा लैजान याे गठबन्धन बनेकाे बताएका हुन् ।

प्रतिगमनलाई परस्त गरेर मात्र देशमा शान्ति र स्थिरता ल्याएकाे बताएकाे छन् । यसलाई जाेगाउन आम नेता कार्यकर्ता ईमानदारिका साथ गठबन्धनका उम्मेदारलाई मत हाल्न आग्रह गरेका छन् ।

प्रचण्डले रुखमा भाेट र सेर बहादुर देउवाले हँसिया हथाैडामा भाेट हाल्नु भएकाे छ तपाईं हामी कार्यकर्तालाई भाेट हाल्न कुनै गार्हाे नभएकाे बताएका छन् ।

साेहि कार्यक्रममा नेकपा माओबादी केन्द्रका सिरानचाेक गाउँपालिकाकाे अध्यक्ष रमेश पण्डितकाे अध्यक्षतमा भएकाे कार्यक्रममा गण्डकी प्रदेश सदस्य पुर्ण कुमारी कँडेल, नबराज पुडासैनी र शारदा घिमिरे लगाएतले मन्त्बय राखेका थिए । कार्यक्रम सञ्चालन गाउँपाटी सचिब धन बहादुर तमाङले गरेका थिए ।

नेता रम्तेलले गठबन्धनकाे मर्म र भावना बुझेर गठबन्धनका उम्मेदारलाई जिताउन मतदाताका घरघरमा गएर सहि कुरा बताउन अपिल गरेका छन् ।

arrow प्रतिक्रिया दिनुहोस्