नेकपा (प्रचण्ड) सरकारका बिरोध गर्दै सडक आन्दोलनमा

नेकपा (प्रचण्ड) सरकारका बिरोध गर्दै सडक आन्दोलनमा

  • मंगलबार, पौस १४ २०७७

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा संघर्ष थालेको नेकपा प्रचण्ड–माधव पक्षले आज देशैभर विरोध प्रदर्शन गर्दैछ ।

नेकपा पार्टीका प्रवक्ता तथा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठका अनुसार काठमाडौँ उपत्यकामा विभिन्न ८ स्थानबाट ऱ्याली निकालिने तयारी भएको छ । नक्साल, बानेश्वर, चाबहिल, मैतीदेवी, लैनचौर, बागबजार, घण्टाघर, टेकु, थापाथलीलगायतका ठाउँबाट निकालिने ऱ्याली भृकुटीमण्डप पुगेर सभामा परिणत हुनेछ ।

भृकुटीमण्डपमा हुने सभामा नेकपाका शीर्ष नेताहरू अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतले सम्बोधन गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.