Skip to content
Pokharapress Logo
२९ श्रावण २०८२, बिहीबार

रबि लामिछानेकाे पार्टीबाट गोरखा २ का उम्मेदवार कविन्द्र बुर्लाकोटीलाई स्पष्टिकरण

गोरखा। रबि लामिछानेकाे पार्टीबाट गोरखा २ का उम्मेदवार कविन्द्र बुर्लाकोटीलाई स्पष्टिकरण

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कबिन्द्र बुर्लाकोटीलाई जिल्ला स्तरीय आचार संहिता अनुगमन समितिले निर्वाचन आयोग मार्फत स्पष्टिकरण सोधेको छ ।

असोज २९ गते गोरखाको क्षेत्र नम्बर २ पालुङटार र अजिरकोट गाउँपालिकाको भच्चेकमा तुल ब्यानर, चुनाव चिन्ह सहित निर्वाचन आचारसंहिता बिपरित गतिविधी भएको भन्दै अनुगमन समितिले स्पष्टिकरण सोधेको हो ।       असोज २९ गते स्वतन्त्र पार्टीले केन्द्रिय अध्यक्ष रवी लामिछानेको उपस्थितीमा पालुङटारमा आमसभा गरेको थियो । ‘के कति कारणले तपाईलाई कारवाही गर्नु नपर्ने हो, आचारसंहिता उलंघन गरेको होइन भन्ने आधार के हो भन्ने जवाफ पठाउन भनिएको छ’ जिल्ला स्तरीय आचारसंहिता अनुगमन अधिकृत महेन्द्रप्रसाद भण्डारीले भने ।

साथै गोरखा जिल्ला भरि आचारसंहिताको कडाईका साथ पालना गर्न गराउन अनुगमन र निर्देशन दिने काम भइरहेको उनले बताए । झण्डा राख्ने, तुल ब्यानर टाँग्ने काम गरेकोमा तत्काल हटाउन भनिएको र अटेर गरे स्पष्टिकरण सोध्ने गरिएको उनले जानकारी दिए ।

‘हामीले आग्रह गर्छौँ भएन भने संम्बन्धित उम्मेदवार र राजनीतिक दललाई पनि स्पष्टिकरण सोध्छौँ’ भण्डारीले भने

arrow प्रतिक्रिया दिनुहोस्