Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

गाेरखामा जुवा खेल्दै गरेका ५ जना जुवाडे पक्राउ

loading views..

गोरखा। गोरखा सदरमुकामको एक होटलमा जुवा खेल्दै गरेका पाँच जना पक्राउ परेका छन् ।बिसौनीमोड नजिक लापु होटलबाट तास खेल्दै गरेका पाँच जनालाई शुक्रवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए । जुवाडेहरुबाट ५२ हजार नौ सय रुपैयाँ नगद बरामद गरिएको छ । उनीहरुलाई जुवातास खेल्न नहुने कसुर मुद्धामा जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरि हिरासतमा राखेर अनुसन्धान भइरहेको डिएसपी लामिछानेले बताए ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्