Skip to content
Pokharapress Logo
३१ आश्विन २०८२, शुक्रबार

एमाले मधेस बिरोधी शक्ति हो:माधव कुमार नेपाल

loading views..

पोखरा।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपा एमाले मधेस विरोधी शक्ति भएको बताएका छन् । पाँच दलीय गठबन्धनका कार्यकर्ताको भेलालाई शनिबार जनकपुरधाममा सम्बोधन गर्दै अध्यक्ष नेपालले एमाले मधेस विरोधी शक्ति भएको दाबी गरेका हुन् ।

‘केपी ओली मुलुकको लागि झनै खतरनाक व्यक्ति हुन्, उनलाई परास्त नगरेसम्म गठबन्धन कमजोर हुँदैन, गठबन्धनले नजिते केपी ओलीले मुलुकलाई प्रतिगमनतर्फ लैजाने खतरा रहेको छ,’ उनले भने, ‘त्यसैले एकताबद्ध भएर गठबन्धनको पक्षमा मतदान गर्नुहोला ।’

ओलीका भ्रमक कुरामा नपर्न र नअलमलिन कार्यकर्तालाई उनको आग्रह छ । नागरिकता विधेयक ओली र राष्ट्रपति मिलेर रोकेको उनको आरोप छ । यसले ओली मधेस विरोधी भएको प्रष्ट हुने उनले बताए ।

नेपालले गठबन्धनभित्रका समस्या समाधान गर्दै चुनाव जित्नतिर लाग्नुपर्ने धारणा राखेका छन् ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्