Skip to content
Pokharapress Logo
२९ श्रावण २०८२, बिहीबार

गाेरखाकाे मुहार फेर्ने प्रचण्डकाे चुनाबी प्रतिबद्वतामा के छ त

पोखरा। नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा गाेरखा क्षेत्र न २ का प्रतिनिधि सभाका उम्मेदार पुष्पकमल दाहाल  (प्रचण्ड ) ले चुनाबी प्रतिबद्वता सार्बाजानिक गरेका छन् ।
गाेरखाको समग्र जिल्लाकाे याेजना समटेर प्रचण्डद्वारा चुनावी प्रतिबद्वता सार्बजानिक गरिएकाे प्रचण्डकाे स्वकिय सचिब रमेश मल्लले जानकारी दिए ।
गाेरखालाई गुणत्मक याेजना र नियमित गरेर दुई भागमा बर्गीकरण गरि याेजनहरु सार्बाजनिक गरेका हुन् । गाेरखालाई बिकास र समबृद्विकाे मार्ग चित्र नाम दिइएकाे प्रतिबद्वता पत्रमा गेम चेन्जर अन्तरगत संबिधानमा भएकाे ब्याबस्था अनुसार जिल्लाकाे धार्चे र चुमनुब्री गाउँपालिकाकाे केही भूभागलाई विशेष वा संरक्षित क्षेत्र घाेषण गर्न पहल गर्ने , बहुउद्देश्यीय राष्ट्रिय गाैरबकाे १२ सय मेघावाटकाे बुढीगण्डकी आयाेजना तत्काल कार्यान्वयन गर्ने , रणनैतिक महत्वकाे रुपमा रहेकाे बेनीघाट आरुघाट लार्के नाका सडक खण्ड निर्माण कार्य पूरा गर्ने प्रतिबद्वता जनाएका छन् ।
कृषि क्षेत्रमा पशुपालन ,जडीबुटी उत्पादन ,अलाैची खेेती सुन्तला खेती, घरेलु हस्ताकला,हाेमस्टे साना घरेलु उद्योगहरुकाे प्रबर्दन र स्थानिय स्तरमा युबालाई स्वाराेजगार प्रदान गर्ने प्रतिबद्वता पत्रमा लेखिएको छ । जिल्लाकाे उत्तरी क्षेत्रमा जडीबुटी संकलन केन्द्र स्थापनाको याेजनमा रहेकाे छ ।

पर्यटकिय स्थल लिगलिगकाेट सिरानचाेक गाेरखा दरबार मनकामना मन्दिरलाई समटेर धार्मिक पर्यटकिय सर्किटकाे रुपमा समट्ने याेजना प्रतिबद्वता पत्रमा रहेकाे छ । पर्यटकिय गन्तव्य रहेकाे राेइला नाका सुचारु गर्न पहल गर्ने नुब्री अन्तर देशिय सुख्खा बन्दरगाह स्थापना गर्ने प्रचण्डकाे याेजनामा छ ।

गाेरखा जिल्लालाई विकासकाे गति दिन पालुङ्टार बिमास्थललाई पुन सुचारु गर्ने देखि पृथ्वीराजमार्गलाई बैकल्पिक राजमार्ग बनाउन पहल गर्ने र गाेरखकाली रबर उद्योगलाई नयाँ ढंगले चलाउने याेजना प्रतिबद्वता पत्रमा रहेकाे छ । प्रचण्डकाे प्रतिबद्वता पत्र अनुसार काम भए गाेरखाकाे मुहार फेरिन धेरै समय नलाग्ने बिश्बास गरिएको छ ।

arrow प्रतिक्रिया दिनुहोस्