गोरखा। गाेरखा क्षेत्र नं २ का प्रतिनिधि सभाका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले गाेरखाकाे क्षेत्र नं २ अन्तर्गत टाेल टाेल पुगेर मतदातासँग भेटघाट गरेका छन् ।
शनिबार आरुघाट हुँदै गाेरखाकाे घ्याम्पेसालबाट मतदाता भेट्दै २ नम्बर क्षेत्रकाे बारपाक सुलिकाेट र अजिरकाेटका विभिन्न टाेलमा भेटघाट गरिरहेकाे प्रचण्डका स्वकिय सचिब रमेश मल्लले जानकारी दिए ।
शनिबार बेलुका अजिरकाेटकाे भच्चेक बजारमा बास बसेर आईतबार सिरानचाेक र पालुङटार नगरपालिका मतदातासँग भेटघाट गरेर आईतबार नै काठमाडाै फर्कने कार्यक्रम रहेकाे माओबादी केन्द्रका जिल्ला संयाेजक बिष्णु भट्टले जानकारी दिए ।
आफ्ना मतदातासँग भेट्दै याे चुनाबी कार्यक्रम भन्दा पनि नितान्त भेटघाट मात्र हाे । निर्बाचन आचार संहिताले गर्दा धेरै बाेल्न नमिल्ने पनि बताए ।
पुष्पकमल दाहाल प्रचण्डसँग पुर्ब प्रधानमन्त्री बाबुराम भट्टराई र नेकपा माओबादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र गाेरखा क्षेत्र नं २ का प्रदेश ख का उम्मेदार सुरेन्द्र राज पाण्डे पनि संग संगै रहेका छन् ।