गोरखा। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवंम गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उमेद्वार पुष्पकमल दाहाल (प्रचण्ड) ले राजनीतिक क्रान्ति सफल पार्न आर्थिक क्रान्ति अनिबार्य रहेको बताएका छन्। आफ्नो निर्वाचन क्षेत्रका मतदातासँगको भेटघाटका लागि गोरखामा उनले पालुङटार नगरपालिकाको सातदोबाटेमा आयोजित जनभेटघाट कार्यक्रममा बोल्दै नेपालको अहिलेसम्मको क्रान्ति सफल पार्नका लागि अब आर्थिक क्रान्ति सुरु गर्ने बताएका हुन्।
‘हामी (बाम–लोकतान्त्रिक गठबन्धन) यो राजनीतिक परिवर्तनलाई दिगो र सफल पार्नका लागि आर्थिक क्रान्ति अनिबार्य छ भन्ने निस्कर्षमा पुगेका छौँ अध्यक्ष प्रचण्डले भने, ‘स्थितरता र सम्बृद्धिका लागि पनि यो गठबन्धन अहिलेको आबश्यकता बनेको छ ।’ उनले देशमा राजनीतिक परिवर्तन भएपनि जनताले अहिलेसम्म प्रत्यक्ष भोग्ने, देख्ने र महसुस गर्ने गरी आर्थिक सम्बृद्धि नहुँदा राजनीतिक परिवर्तन नहुने खतरा बढेको बताए।
उनले गोरखाबाट उम्मेदवार बन्न पाँउदा आफुले गौरव महसुस गरेको समेत बताए । अध्यक्ष प्रचण्डले आसन्न मंसिरको निर्वाचन दु्ईवटा बिचार प्रबृति बीचको गठबन्धन आमुन्ने सामुन्ने भएको भन्दै यो निर्वाचनको बिशेष महत्वको रहेको बताए । ‘सधै यस्तो त हुँदैन तर यो पटक भएको छ, उनले भने, हामी बाम–लोकतान्त्रिक गठबन्धन संबिधानको रक्षा गर्ने स्थिरता र सम्बृद्धिका लागि गठबन्धन हो भने अर्को तर्फ राजाबादीहरु सामान्तबादीहरुको गठबन्धन बनेको छ ।’
उनलेले बाम-लोकतान्त्रिक गठबन्धनमा बाह्र बुदेँ सम्झौताको हस्ताक्षरकर्ताहरुको गठबन्धन भएको समेत बताए ।(नागरिकसवालबाट) #प्रचण्ड