Skip to content
Pokharapress Logo
२९ बैशाख २०८३, मंगलवार

५ वर्ष भित्र गाेरखाको सम्पूर्ण सडक कालोपत्रे बनाइने छ : प्रचण्ड

loading views..
Nepal Telcome

गोरखा। नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अबकाे ५ वर्ष भित्रमा गाेरखाकाे कुनै पनि सडकमा ५ वर्ष भित्र गाेरखाको सम्पूर्ण सडक कालोपत्रे गरिने छ।

दुई दिने मतदाता भेटघाटको अन्तिम दिन आईतबार गाेरखा २ नम्बर निर्बाचन क्षेत्र अन्तर्गत विभिन्न ठाउँमा मतदातासँगको भेटघाटमा सो कुरा बताएका हुन् ।

प्रचण्डले आफु २०७४ सालकाे संघिय निर्वाचनमा चितवनमा उम्मेदार बन्नु भन्दा पहिले त्यहाँका सडक पनि धुलाम्य र हिलाम्य थियाे उनले भने “अहिले त्यहाँ सबै पिच भइसकेकाे स्मरण गराउँदै गाेरखामा पनि माथिल्लाे भेगमा बढी ढुङगा र तल्लाे भेगमा धुलाे बढी पाइयाे मैले तल झरेपछि बाटाे राम्राे हाेला भनेकाे साेचेकाे थिएँ तर पुरै धुलै धुलाे रहेछ” भन्दै अबकाे ५ बर्षामा गाेरखाकाे सबै सडकमा धुलाे र ढुङगा नरहने गाेरखाका आम मतदाता सामु बिश्बास ब्यक्त गरे ।

उनले भने गाेरखामा कृषिकाे प्रचुर संम्भाबना भएकाले गाेरखामा कृषिमा विशेष जाेड दिने भन्दै गाेरखा एक ऐतिहासिक जिल्ला पनि भएकाेले यसलाई आर्थिक रुपमा शशक्त बनाई समबृद्वि गाेरखा बनाउन मेराे पुरै ध्यान गाेरखा बिकासमा जाने बताए ।
२ दिने बसाईमा गाेरखा क्षेत्र नं २ अन्तर्गत गाेरखाकाे भच्चेक, सिरानचाेक, मैदान ,चाेरकाटे सातदाेबाेट, खारखाेला खाेप्लाङ मिरकाेटकाे बाघडाँडा ,बिर्दी ,सेरा, कमलटार, पौवाटार, बिरुवाटार र च्याङलिङकाे रातमाटेमा मतदातासँग भेटघाट गरि काठमाडाै फर्किएकाे प्रचण्डकाे सचिबालय श्रोतले बतायो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link