गोरखाबाट नयाँ क्रान्तिको थालली हुन्छ : प्रचण्ड

गोरखाबाट नयाँ क्रान्तिको थालली हुन्छ : प्रचण्ड

  • बुधबार, कार्तिक १६ २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले गोरखाबाट नयाँ क्रान्तिको थालनी हुने बताएका छन्।जनक्रान्ति अगाडि बढाउने थलोको रुपमा गोरखा रहेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले अब नयाँ अभियानको थालनी पनि गोरखाबाटै गर्ने निष्कर्षमा पुगेको बताए ।
गोरखा–काठमाडौँ सम्पर्क समन्वय समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले चुनाव जित्ने र जिताउनेसँग मात्रै सम्बन्धित नभएको भन्दै नेपाली समाजमा देखिएको विकृति र विसंगती तोड्ने कुरासँग सम्बन्धित रहेको बताउनुभयो । उनले प्रतिगमनतिर लैजान चाहनेहरुको विरुद्ध विजयको नयाँ यात्रा सुरु गर्नेसँग सम्बन्धित भएको भन्दै गोरखाली जनतामाथि भरोसा गरेको बताए ।यसअघि रोल्पा, काठमाडौं र सिरहाबाट चुनाव लड्दा पनि आफूले चुनाव जित्नका लागि नलडेको स्पष्ट पार्द उनले भने, ‘चुनाव त जित्नु नै थियो, जितियो पनि । तर मेरो उदेश्य चुनाव मात्र जित्नु थिएन ।’उनले भन्नुभयो, ‘जनयुद्ध र जनआन्दोलनलाई एक ठाउँमा केन्द्रित गरेर नयाँ ऐतिहासिक प्रक्रियाको सन्देश दिनु थियो । त्यस्तै मधेशमा भ्रम छर्ने विग्रह गराउने प्रयासहरु भइरहेको अवस्थामा राष्ट्रिय एकतालाई कमजोर पार्ने खेल चलिरहेको थियो । परिवर्तनको वाहक हुनुको नाताले मधेसका जनतालाई पनि लोकतान्त्रिक प्रक्रियामा सहभागी गराउने
हिम्मतका साथ म त्यहाँ पुगेको हुँ ।’ अहिले हिमाल पहाड तराई एक ठाउँमा केन्द्रित भएको भन्दै अध्यक्ष प्रचण्डले आफ्नो कदमले महत्वपूर्ण सन्देश दिएको उल्लेख गर्नुभयो ।
यस पटक गोरखा जानुको कारण पनि राष्ट्रिय एकताको सन्देश दिन र आर्थिक क्रान्तिको सन्देश दिन खोजेको उल्लेख गरे । अहिले संसदबादका रोगहरु यत्रतत्र देखिन थालेको भन्दै पार्टी पुनःनिर्माणको अभियान र यो पार्टीलाई क्रान्तिकारी रुपले रुपान्तरण गर्ने उपयुक्त थलोका रुपमा गोरखा रोजेको उनले बताए ।संविधान संशोधनमार्फत संविधानको संरचनागत सुधार गर्न आवश्यक भएको भन्दै उहाँले भन्नुभयो, ‘संविधानमा किटेर भनेको कुराको पनि
अझै ऐन बन्न नसक्नुले देशभरीका जनतालाई सबै आफू आफ्नो भाग्यको मालिक बन्यौ हामी भन्ने महशुस हुन सकेको छैन । त्यसैले अब यसका लागि आर्थिक समृद्धिका लागि आर्थिक क्रान्तिको खाँचो छ।जुन शान्तिपूर्ण र प्रतिष्पर्धाको हुनेछ ।’ संविधानको रक्षा र संविधानको
परिमार्जन दुवै गर्नुपर्ने दायित्व माओवादीकै भएको प्रचण्डले दाबी गरे । गणतन्त्र आएर पनि अझै सबै नेपालीले त्यसको महशुस गर्न नसकेको भन्दै एकाथरी मानिसहरुले भने धमिलो पानीमा माछा मार्ने गरी ‘अब नो नट एगेन’ जस्ता प्रचार, दलहरुप्रति वितृष्णा फैलाउने कोशिस, युगान्त
पविर्तन ल्याउने शक्तिहरुलाई अपमानित र बदनाम गराउने कोशिस भइरहेका उल्लेख गरे । प्रचण्डले भने, ‘अहिले पनि मानिसहरुलाई खै गणतन्त्र आएर के पाइयो, जनताको जीवनमा सकारात्मक र प्रष्ट देखिने परिवर्तन त आएको छैन, विभेदको अन्त्य अहिले पनि भएको छैन भन्ने चर्चा चलिराखेको छ ।’ उनले भने,‘हामीले जनताको अपेक्षा अनुरुप आर्थिक समृद्धिको योजना र कार्यक्रम
लैजाने जुन दृढता थियो, त्यो नपुगेका निष्कर्षमा हामी पुगेका छौं
।’समृद्धि र आर्थिक क्षेत्रमा गुणात्मक फड्को हान्न नसके यो
राजनीतिक परिवर्तन प्रति मानिसहरुमा विभ्रम आउने खतरा बढेको
उनको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.