पोखरा। पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ।
खानमाथि पूर्वी सहर लाहोरमा विरोध र्यालीका क्रममा गोली प्रहार भएको पाकिस्तानी सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
गोली प्रहारबाट अन्य थप चारजना घाइते भएको बताइएको छ ।
खानको गोडामा गोली लागेको बताइएको छ । उनका एक सहयोगीले खान खतरा मुक्त नरहेको बताएका छन् ।
चुनावको माग गर्दै विरोध र्यालीमा सहभागी भएका खानको हत्या प्रयास गरिएको बुझीएको । Photo: Skynews
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.