बैशाख पछि ओलीको पत्तासाफ हुने:प्रचण्ड

बैशाख पछि ओलीको पत्तासाफ हुने:प्रचण्ड

  • बुधबार, पौस १५ २०७७
काठमाडौं । संसद विघटनविरुद्ध नेपाल कम्युनिस्ष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले मंगलबार देशभर विरोध प्रदर्शन गरेको छ । काठमाडौं उपत्यकामा भएको प्रदर्शनमा जनसहभागिता उत्साहजनक रहेको केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले जानकारी दिए ।

यो समूहले मंगलबार बागमती प्रदेशबाहेक सबै जिल्लाहरु जिल्लास्तरीय विरोधसभा गरेको छ । काठमाडौंमा केन्द्रित गरिएको बागमती प्रदेश स्तरीय प्रदर्शन राजधानीका विभिन्न स्थानबाट शुरु भएर प्रदर्शनीमार्ग पुगी सभामा परिणत भएको थियो । यो सभालाई शीर्षनेताहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालले सम्बोधन गरे ।सम्बोधनका क्रममा नेताहरुले असंवैधानिक र अराजनीतिक ढंगबाट गरिएको संसद विघटनको निर्णय स्वीकार्य नहुने बताए । सँगै, आगामी संघर्षको कार्यक्रम कस्तो हुन्छ भन्ने सन्देश पनि नेताहरुले दिए । नेता योगेश भट्टराईका अनुसार बुधबार पेरिसडाँडाबाट आन्दोलनको नयाँ कार्यक्रम घोषणा गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.