गोरखा। नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा गाेरखा क्षेत्र न २ का प्रतिनिधि सभाका उमेदार पुष्पकमल दाहाल प्रचण्ड चुनाब प्रचार प्रसारकाे लागि शुक्रबार गाेरखा आउने भएका छन् ।पहिलाे चरणकाे चुनावी भेटघाट सकिए लगत्तै प्रचण्ड भोलि आफ्नाे चुनाबी क्षेत्र अन्तर्गत गाेरखा नगरपालिकाकाे ७ वटा वडामा चुनाबी सभा गर्ने कार्यक्रम रहेकाे माओबादी केन्द्रका जिल्ला संयाेजक बिष्णु भट्टले जानकारी दिए ।
उनले दिएकाे जानकारी अनुसार गाेरखा नगरपालिकाकाे वडा न १३ र १४ वडाकाे लागि याङकाेटमा १० बजे चुनाबी सभा रहेकाे र त्यस पछि १० किलाेकाे रानीटारमा ११.३० बजे वडा न १० , ११ र १२ का लागि चुनाबी सभा रहेकाे छ ।
चुनाबी सभा गाेरखा नगरपालिकाकाे छेपेटारकाे मिलचाेकमा १२.४५ बजे र दिउँसाे २.३० बजे वडा न ८ र ९ काे लागि आहालेमा चुनाबी सभा रहेकाे तथा गाेरखाकाे ठुलाे आँगनमा दिउसाे ३.३० बजे पत्रकार सम्मेलन कार्यक्रम तय भएकाे माओेबादी केन्द्र गाेरखाले जनाएकाे छ ।
चुनाबी सभामा गठबन्धनका नेता तथा उम्दामेदवारले सम्बाेधन गर्ने कार्यक्रम रहेकाे स्राेतले जनाएकाे छ ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.