एमालेको चुनावी सभा दार्चुलाबाट सुरु हुँदै

एमालेको चुनावी सभा दार्चुलाबाट सुरु हुँदै

  • शुक्रबार, कार्तिक १८ २०७९

पोखरा। नेकपा (एमाले)को चुनावी आमसभा आजबाट सुरु हुने भएको छ । सुदूर पश्चिम प्रदेशको दार्चुलाबाट सुरु हुने चुनावी सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली आज धनगढीबाट हेलिकोप्टरमार्फत त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । एमालेले ४ मंसिरमा तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुच्चे नक्सालाई समेत चुनावी एजेण्डा बनाउने ध्येयका साथ दार्चुलाबाट चुनावी अभियान सुरु गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.