गाेरखा निर्वाचन क्षेत्र नम्बर १ ‘ख’ का उम्मेदवार राजेन्द्र पराजुली नेपाल समाजवादी पार्टीबाट निस्काशित भएका छन् । पार्टी अध्यक्ष डा.बाबुराम भट्टराइले एक विज्ञप्ती प्रकाशित गरी पराजुलीलाई निष्कासित गरेका हुन् ।गाेरखाका नागरिकहरुकाे सेवामा अनवरत रुपमा खट्दै आएका पराजुली यहाँका नागरिकहरु वीचमा लाेकप्रिय रहँदै आएका छन् । दुखमा परेका मानिसहरुकाे सेवामा उनी अराेहात्र खटेका पात्र हुन् । उनी नेसपा पार्टीबाट उक्त क्षेत्रका लागि उम्मेदवार भएर जनताकाे सेवा गर्न थाहन्थे । पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका पराजुलीले चुनाव चिन्ह धारा पाएका छन् । उनीसँगकाे प्रतिस्पर्धामा नेकपा एमालेका माेहन भट्टराइ र नेपाली काँग्रेस सहितकाे गठबन्धन दलका नन्द प्रसाद न्याैपाने मैदानमा रहेका छन् ।