गोरखा। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंसिर ४ गतेको चुनावपछि आफू प्रधानमन्त्री र कांग्रेस नेता सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्री हुने सम्भावना रहेको बताएका छन् । गोरखाको याङकोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले गोरखा २ बाट उम्मेदवार दिएका सबै आ–आफ्नो ठाउँबाट नेतृत्वमा पुग्ने अवस्था रहेको दाबी गरे । ‘गोरखाको जित संसारले देख्नुपर्छ । गोरखा त्यसैपनि संसार भर देखिन्छ पनि सुनिन्छ पनि । गोरखामा राम्रोसँग मतदान गरियौ एक ढिक्का भएर अगाडि बढ्यौ भने त्यो मतदानले एउटा शक्ति प्रधान गर्नेछ । उर्जा प्राप्त भएमा सुरेन्द्रराज पाण्डे प्रदेशको सदस्य मात्रै हुनुहुन्न । उहाँ प्रदेशको मुख्यमन्त्री हुने पुरै सम्भावना छ । फणिन्द्र देवकोटा प्रदेशको मन्त्री हुने पुरै सम्भावना छ’ प्रचण्डले भने, ‘मलाई देशको नेतृत्व दिने सम्भावना छ । तपाईहरुले हामीलाई बलियो बनाएर पठाउनुभयो भने सिंहदरबार र प्रदेशमा बलियो हुने अवस्था छ ।’
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.