जनताकाे आन्दाेलका कारण प्रतिगमन परास्त भएक‍ो हो: प्रचण्ड

जनताकाे आन्दाेलका कारण प्रतिगमन परास्त भएक‍ो हो: प्रचण्ड

  • शुक्रबार, कार्तिक १८ २०७९

गाेरखा। नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा गाेरखा क्षेत्र २ का प्रतिनिधि सभाका उमेदार पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका बयल गाडा सिद्धान्तका प्रतिपादकरु जनताकाे आन्दाेलनका कारण परास्त भएकाे बताएका छन् ।

गठबन्धनकाे चुनाबी सभालाई सम्बाेधन गर्दै अध्यक्ष प्रचण्डले गाेरखा नगरपालिका वडा न १४ काे याङकाेटमा साे कुरा बताएका हुन् ।

याे गठबन्धन त्यसै बनेकाे हाेइन देशमा संघियता आउनु भनेकाे बयल गाडा चढेर अमेरिका पुग्नु जस्तै हाे भन्ने बयलगाडेहरुले पटक पटक संविधान माथि हमला गरेकाले नेपाली काङ्ग्रेस , माओबादी , एकीकृत समाजबादी लगाएतका दलहरु मिलेर याे गठबन्धन बन्न पुगेकाे हाे ।

रहरले नभई बाध्यताले गर्दा संविधान र संघियता जाेगाउन लागि याे देशमा निमुखा गरिब उत्पिडित जनताकाे अधिकार नखाेसियाेस भन्ने उद्येश्यले
गठबन्धनबाट देशलाई निकास दिएका हाैं उनले भने ।

आन्दाेलन भित्र लुकेका गलत तत्वहरुका कारण देशमा प्रतिगमनले देश र जनता माथि डस्न लागेकाले मंसिर ४ पछि त्यस्ता तत्वलाई चिन्न अनुराेध गरेका छन् । समाबेशी समानुपातिक रक्षाका लागि गठबन्धन भएकाे भन्दै अध्यक्ष प्रचण्डले गठबन्धनका कार्यकर्ताहरुलाई निर्धक्क भएर गठबन्धनलाई मतदान गर्न अपिल गरे।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.