Skip to content
Pokharapress Logo
२७ श्रावण २०८२, मंगलवार

पोखरेली जनताको भरोसाको पात्र बिन्दु कुमार थापा

पोखरा। गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री एबम सत्तारुढ गठबन्धनका तर्फबाट गण्डकी प्रदेशका लागि कास्की २ (२)बाट उम्मेदवार रहेका बिन्दु कुमार थापा आफ्ना नेता-कार्यकर्ताको धुइरो लगाएर शुक्रबार बिहान चुनाबी प्रचार-प्रसारको क्रममा निर्माणाधीन सडकको धुलो उडाउदै पोखरा महानगरपालिका वडा नम्बर २० भलाम पुगे। भलाम पुगेका थापाले घरदैलो शुरु गर्दै स्थानीय बासिन्दासँग हात जोडेर आफ्नो र गठबन्धनको पक्षमा भोट मागे।

भोट मागेका मन्त्री थापालाई स्थानीय बासिन्दाले निर्माणाधीन मणिपाल-भलाम सडक खण्ड ठेकेदारले गरेको ढिलाईका कारण बाटो धुलाम्य भएको गुनासो गरेका थिए। जनताको गुनासो सुने पछि मन्त्री थापाले ठेकेदारलाई फोन गरेर यथाशिघ्र बाटोको काम सम्पन्न गर्न निर्देशन दिएका थिए।

आफ्नो गुनासो सुनुवाई गरेको देखेका साबिक भलाम-२ का स्थानीय बासिन्दाले आफ्नो गाउँमा खानेपानीको समस्या रहेको भन्दै समस्या समाधानको पहलका लागि अनुरोध गरेका थिए। त्यस पछि उनले आफुले सक्दो पहल गर्ने बचन दिए।

यसैबीच सत्तारुढ गठबन्धनको स्थानीय चुनाबी सम्पर्क कार्यालयको आजै शुरुवात गरिएको छ। उक्त कार्यालयको शुरुवात गर्दै कास्की जिल्ला क्षेत्र नं. २ (२) बाट गठबन्धनका साझा उम्मेदवार नेपाली कााग्रेसका नेता विन्दु कुमार थापाले गण्डकी प्रदेश समृद्धिका पाँच आधार पर्यटन,कृषि, उद्यमशीलता र पूर्वाधार भएको बताए। उनले गण्डकी प्रदेशमा १२ हजार मेगावट विद्युत उत्पादन गर्ने क्षमता भएता पनि अहिलेसम्म त्यसको उचित प्रयोग गर्न नसकिएको र आफु निर्वाचित भएपश्चात सो कार्यलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

arrow प्रतिक्रिया दिनुहोस्