निर्बाचनमा सञ्चार माध्यमकाे भूमिका बिषायक जिल्ला स्तरिय मिडिया अभिमुखीकरण कार्यक्रम

निर्बाचनमा सञ्चार माध्यमकाे भूमिका बिषायक जिल्ला स्तरिय मिडिया अभिमुखीकरण कार्यक्रम

  • शनिबार, कार्तिक १९ २०७९

गोरखा। आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभाका सदस्य र प्रदेश सभा सदस्य हुने निर्बाचनकाे लागि जिल्ला स्तरिय सञ्चार माध्यमकाे भुमिका बिषयकमा जिल्ला स्तरिय मिडिया अभिमुखीकरण कार्यक्रम सम्पन्न भएकाे छ ।

शनिबार गाेरखा सदरमुकाममा भएकाे कार्यक्रममा निर्बाचन सम्बन्धी समाचार संकलन प्रकाशन र प्रशारण कार्यलाई व्यबस्थित र प्रभाबकारी बनाउने
उद्देश्यले आयाेजना गरिएकाे निर्वाचन कार्यालयका नासु रबिलाल सुबेदीले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला न्याधिस तेजेन्द्र प्रसाद शर्माले सुचना महत्वपुर्ण भएकाले निर्बाचन स्वच्छ र मर्यादित बनाउन पत्रकारकाे महत्वपूर्ण भुमिका हुने बताए । छिटाेकाे नाउँमा अपरिपक्क न्युज गयाे भने आफ्नै व्यक्तित्व क्षयीकरण हुने भन्दै त्यसमा सचेत भएर कलम चलाउन आग्रह गरे । निर्वाचन भएरहित रुपमा सम्पन्न गर्नु हामी सबैकाे दायित्व भएकाले सामूहिक रुपमा अघि बढाैं भने गन्त्वयमा पुग्न सकिने उनले बताए ।

कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी टेक बहादुर काेइरालाले जिल्लाकाे बस्तुगत अबस्था कार्यातालिका आयाेगले हाल सम्म गरेका कार्यहरु लगाएत आचार संहिताकाे बारेमा जानकारी गराए ।

त्यस्तै कार्यक्रमका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ गाेरखा शाखाका अध्यक्ष नरहरि सापकाेटाले निर्बाचनमा मिडिया र पत्रकारकाे भुमिकाकाे बिषय बस्तुमा प्रस्तुतिकरण गरेका थिए । प्रस्तुतिकरणका क्रममा लाेकतन्त्रकाे आधार नै स्वतन्त्र प्रेस निर्वाचनका लागि बिश्बसनिय आधार निर्वाचन केन्द्रित समचारका स्राेतहरु निर्वाचन सबल पक्षहरु निर्वाचन मिडियाकाे भुमिका बिषयमा प्रस्तुतिकरण गरेका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शंकर हरि आचार्य काेलेनिका प्रमुख महेन्द्र भण्डारी निर्वाचनअधिकृत नारायण भट्टराई लगाएतले सहजिकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.