Skip to content
Pokharapress Logo
३० आश्विन २०८२, बिहीबार

गाेरखाकाे लाेकप्रिय नेता कृष्ण धिताल चुनावी अभियानमा घरदैलाेमा ब्यस्त

loading views..

गोरखा। नेकपा माओबादीका केन्द्रीय सदस्य तथा गाेरखा जिल्ला ईन्चार्ज कृष्ण धिताल जनताका घरदैलाेमा भाेट माग्न ब्यस्त भएका छन् ।

आईतबार गाेरखा नगरपालिकाकाे वडा न ३ काे सबै टाेलकाे घरघरमा मत मागिरहेका छन् । गाेरखाकाे भुगाेललाई जनयुद्व देखि अहिले सम्म राम्राे संग बुझेका धिताल संविधान सभा सदस्य देखि माओबादी पार्टीकाे विभिन्न जिम्मेवारी इमानदारीका साथ बहन गर्दै अघि बढेका नेता हुन् ।

उनकाे जनता संग राम्राे छवि बनाएका नेता धिताल गाेरखा जिल्लामा जनताकाे दुख सुखमा साथ दिने नेता भएकाले उनलाई प्रदेश सभा सदस्यका लागि पार्टीले उम्मेदार बनाएकाे हाे ।

५ दलिय गठबन्धनकाे साझा उम्मेदार धितालले मैले चुनाब जिते पछि तपाईहरुकाे सबै खाले यात्रामा सङगै रहने प्रतिबद्वता जनाउदै नेता धितालले अत्यधिक मतका साथ जिताउन सबै मतदातालाई अपिल गरेका छन् ।

हामी गाेरखा बासिकाे साझा समस्याहरु भनेकाे बाटाेघाटाे खानेपानी यातायता भाैतिक पुर्बाधारकाे समस्या हल गर्ने बिश्वास ब्यक्त गरे ।

घरदैलाे कार्यक्रममा नेकपा माओबादी केन्द्रका सदस्य परशुराम रम्तेल नेपाली काङ्ग्रेस नेतृ तथा गाेरखा नगरपालिकाकाे पुर्ब उपमेयर बिना कुमारी श्रेष्ठ र काङ्ग्रेसका भुगाेल थापा चुनाबी अभियान अन्तगत घरदैलाे गरिरहेका छन् ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्