Skip to content
Pokharapress Logo
३० आश्विन २०८२, बिहीबार

अबको पाँच वर्ष विकास र समृद्धि:विन्दु कुमार थापा

loading views..

पोखरा। नेपाली कांग्रेस क्षेत्र नं २ (२) का  प्रदेशसभा सदस्य उम्मेदवार विन्दुकुमार थापाले अब गाउँ फर्क अभियान संचालन गर्न आवश्यक रहेको बताएका छन् । गठबन्धनबाट उम्मेदवार बनेको थापाले पोखरा २० लामडाँडामा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै युवालाई विदेश तथा सदरमुकाम तर्फ जान रोक्दै गएकालाई समेत गाउँमै फर्काउनका लागि गाउँर्फक अभियान संचालनमा जोड दिनुपर्ने बताएका हुन् ।

भलाम कृषि पकेट क्षेत्रका साथै पर्यटकीय क्षेत्रको रुपमा समेत सम्भावना बोकेको क्षेत्र भएकाले अब स्थानीय स्तरमै व्यवसाय गर्ने गरी गाउँमा ल्याउने योजना अघि बढाउनुपर्नेमा जोड दिए । ‘भलाम कृषि, पर्यटनमा सम्भावना बोकेको क्षेत्र हो । यहाँ होमस्टेको पनि सम्भावना छ । यहाँको खेतबारी बाझो भएका छन्, घरहरु खाली भए । युवालाई स्वदेशमै राख्नका लागि योजनाहरु ल्याउन आवश्यक छ’, उनले भने,’विकासको पहिलो पूर्वाधार सडक भएकाले स्तरीय सडक बनाउनुपर्छ ।जसले शिक्षा,स्वास्थ्य, रोजगार, व्यवसायको व्यवस्थापन हुन्छ । सदरमुकाम केन्द्रित भएको अवस्थामा गाउँफर्क अभियान सुरु गर्नुपर्ने आवश्यकता अहिलेको हो ।’

पाँच वर्षको बीचमा प्रदेशको संरचना बनाउने, आवश्यक पर्ने ऐन तथा निर्देशनलाय बनाउने काम गरेको र अबको पाँच वर्ष विकास र समृद्धिको भएको भनाई उनको थियो । उनले आफ्नै पहलमा पोखरा २० मा मणिपाल अस्पताल हुँदै अर्मलाकोटसम्म पुग्ने १७ किलोमिटर गौरवको सडक आयोजना राखेको बताए । जसको लागत २७ करोड २७ लाख ठेक्कामा पारी अहिले पीचको काम भइराखेको उनले सुनाए । सडक निमार्ण डिपिआर तयार गर्न निकै बाधा आएको उनको भनाइ छ । ‘काँहुखोला,आर्वा, लामडाँडा मौजाहुँदै आँटिघरसम्म जोड्ने १६ किमी सडक डिपीआर गर्ने क्रममा र त्यसलाई बजेट राख्ने क्रममा धेरै ठाउँमा संघर्ष र लडाइ गर्न पर्‍यो । डिपीआर गर्नपनि नमानेर यो सडकलाई धेरै अवरोध खडा गरियो’, उनले भने,’मुख्यमन्त्री सहितको टिम आउनुभयो र मुख्यमन्त्रीकै ठाडो आदेशमा पूर्वाधार मन्त्रालयबाट प्राविधिकहरु आएर डिपीआर भएर ३३ करोड रकम छुट्टियो ।’, उनल भने ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्